ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

फोहरको दीर्घकालीन व्यवस्थापन नहुदा स्थानियलाई सास्ती

११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

बुटवल, ११ फागुन । टप मजुवाका ऋषव पोखरेल घर नजिक फोहोर फयालिदा दुर्गन्ध र स्वास्थ्य समस्या भएको बताउछन । घरघरमा श्वासप्रस्वास र छाला रोगको बिरामी बढेको उनी बताउछन । नगरभरि उठ्ने दैनिक २० गाडीभन्दा बढी फोहोर अल्पकालिन ब्यवस्थापनमा गर्ने डम्पिङ थलो बुटवल उपमहानगरपालिका वडा नं ११, टप मजुवा बनेको छ । सो क्षेत्रमा रहेको नदी उकास जग्गामा नगरपालिकाले फोहोर लगेर माथिबाट पुर्दै आएको छ । यसरी फोहरमैला लगेर नदीमा नै फालेर पुर्दै जाँदा यसको दीर्घकालीन असर बारेमा भने बुटवल उपमहानगरपालिकाले मौन छ । फोहर कुहिएर फैलिएको दुर्गन्धको कारण सिंगो मजुवा गाउँ नै प्रभावित भएको स्थानीय ऋषव पोखरेल बताउँछन् । फोहर मैला व्यवस्थापनको लागि दीर्घकालिन व्यवस्थापन खोज्न नसकेको नगरपालिकाले तीनाउ नदिको किनारमा फोहर फाल्दा एकतर्फ नदिनै प्रदुषित भएको छ भने अर्कोतर्फ गर्मी मौसम सुरुवात हँुदै गर्दा दुगन्ध फैलिएर स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् ।

‘हावा लागेपछि गाउँभरि नै गन्ध फैलिन्छ, बस्न सक्ने अवस्था छैन ।’–स्थानीय समाजसेवी तथा सुयोदय प्राविका पूर्व व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर क्षेत्री बताउँछन् । उनले नगरपालिकाले विद्यालयकै आडमा फोहर फालेर स–साना बालवालिकाहरू माथि नै अन्याय गरेको उनको भनाइ छ । उनी भन्छन्–‘स्थानीहरूले त सास्ती खेप्नु खेपेका छन्, स–साना बालवालिकारुले समेत फोहोरको कारण सस्ताी खेप्नुपरेको छ ।’ घना बस्तीको आडैमा नदि उकास क्षेत्रमा नगरपालिकाले दुई बर्ष पहिला देखि नै फोहर फाल्दै आएको हो । जसमा दैनिक १५ देखि २० गाडी भन्दा बढि फोहर जाने गरेको छ । नजिकै रहेको सुर्योदय आधारभुत विद्यालयमा करिब ३ सय बढि विद्यार्थीहरू अध्यन गर्दै आएका छन् ।
नदिमा नगरपालिकाले प्रत्यक्ष रूपमा ठेकेदार मार्फत संकलन गरेको फोहार प्रत्यक्ष नदीमा लागेर राख्ने गरेको छ । जसको कारण टोलमा क्यान्सर फैलिने त्रास समेत रहेको स्थानीय ऋषि पोखरेलले बताउँन् । सिरान गाउँमा ४ वटा टोल रहेका छन् । जसमा करिब १० हजार भन्दा बढि जनसंख्या रहेको छ ।

मजुवा क्षेत्र विकास सघर्ष समितिको तर्फबाट बुटवल उपमहानरपालिका प्रमुखलाई ज्ञापन पत्र समेत बुझाउने तयारी गरेका छन् । यो भन्दा पहिला पनि स्थानीयहरूले फोहोर फाल्न रोक्ने हाम्रो अभियान तत्कालका लागि स्थगन गरेका थिए प्रभावित क्षेत्रका जनताको निशुल्क स्वास्थ्य परीक्षण गरिरहने, फोहोर बोकेका गाडी हिँड्ने बाटो पिच गर्ने, प्रभावित क्षेत्रमा रहेको सूर्योदय प्राविको भौतिक निर्माणमा सहयोग गर्ने तथा मजुवा क्षेत्रमा व्यवस्थापन गर्दै आएको फोहोर अन्यत्र व्यवस्थापन गर्ने जस्ता विषयमा लिखित तथा मौखिक सम्झौता समेत भएका थिए ।
सम्झौतामा फोहोरलाई एकफिट माटोले पुर्ने त्यसरी पुरेपछि सिद्धबाबामा निर्माण गर्न लागिएको सुरुङको माटो लिएर राखी यस क्षेत्रलाई हराभरा गराउने भनेर गरिएको सम्झौता भएको थियो । नगरपालिकाद्वारा फालिएको फोहोरले यस क्षेत्रका जनता छाला सम्बन्धी, दम तथा क्यान्सरजस्ता रोगहरूको शिकार पुगेको भन्दै स्थानीयहरू यसमा नगरपालिकाको ध्यानकर्षण गराउने तयारी गरेका छन् ।

यता बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले फोहरको व्यवस्थापन गर्नको लागि दीर्घकालिन रूपमा सामाधान खोज्ने प्रयास जारी रहेको बताए । उनले अहिले मजुवा क्षेत्रमा अल्पकालिन रूपमा व्यवस्थापन गरिएको भन्दै उनले दीर्घकालिन रूपमा अन्य क्षेत्रको खोजी दिर्घकालिन समस्या समाधान गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?