ट्रेंडिंग:

>> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु

छाडा चौपाया व्यवस्थापनको चुनौति

२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

रूपन्देही जिल्लाका लागि छाडा चौपाया व्यवस्थापन प्रमुख चुनौति बन्दै गएको छ । रूपन्देहीमा हरेक महिना हुने पालिकाहरूको घुम्ती बैठकमा पालि काका प्रमुख तथा जनप्रतिनिधिहरूले छाडा चौपायाको व्यवस्थापनको कुरा चुनौतिकै रूपमा रहेको भन्दै हरेकपटक यही समस्या उठाउँदै आएका छन । रूपन्देहीका लागि अहिले छाडा गाईवस्तुको व्यवस्थापन चुनौति बन्दै आएको छ । छाडा चौपायाकै कारण दुर्घटना बढेको छ । हरेक बर्ष छाडा चौपायाकै कारण दुर्घटनामा ज्यान गुमाउनेको संख्या दर्जन बढी पुग्ने गरेको छ । पालिकाहरूको घुम्ती बैठकमा छाडा चौपायाकै बिषयमा कुरा उठेपनि व्यवस्थापनको बिषयमा भने बेवास्ता गर्ने गरिएको छ । छाडा चौपायामा पनि गाईलाई दुध दिउन्जेल घरमा राखेर स्याहार गरि पाल्ने तर दुध दिन छाडेपछि छाडीदिने गरिँदा समस्या उत्पन्न भएको छ । गाई मात्र हैन, बाच्छाबाच्छीसमेत सडकमै ल्याएर छोडने गरिएको छ । यो समस्या शहरबजार र यसको छेउछाउमा बढ्दो छ । तर, पछिल्लोसमय गाउँघरमा समेत छाडा चौपायाले बालीनाली नोक्सानी गरिदिने हुँदा यो समस्या बिकराल रूपमै देखिएको छ । पहिला–पहिला ग्रामीण भेगमा खेतबारी जोत्न गोरुको प्रयोग हुने भए पनि अहिले बिस्तारै यसको विकल्पमा ट्याक्टर प्रयोग हुँदा गोरुको उपयोग हट्दै गएको छ । बीउको लागि एउटा गाउँमा एक–दुईवटा गोरु पालिनु स्वाभाविक नै हो । तर अधिकांशले गोरु पाल्न छोडिसके । दुध उत्पादनका लागि पालिएका गाईहरूबाट बर्सेनि जन्मने बाछाको व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । उत्पादनमूलक काममा प्रयोग नहुने वस्तुलाई पालेर के काम भन्दै किसानहरू छिटोभन्दा छिटो पन्छाउन चाहन्छन् । किसानको चाहना बुझेर केही मानिसले गाउँभरिका बाछा संकलन गरी सडक, शहर तथा सार्वजनिक स्थानमा छोडिदिने गरेका छन् । सडकमा छोडिएको गाईवस्तुले यातायात सञ्चालनमा समेत असर पुगेको देखिन्छ । कतिपय ठाउँमा त छाडा चौपाया मरेर अलपत्र पर्नाले जनस्वास्थ्यमा समेत गम्भीर असर पुगिरहेको छ ।

एक बर्षअघि छाडा चौपाया व्यवस्थापनका लागि रूपन्देहीका केही पालिकाहरूले लुम्बिनी सांस्कृतिक नगरपालिकामा काञ्जी हाउस निर्माण गर्ने निर्णय गरेका थिए तर निर्माण क्षेत्रमा वनको जग्गा पर्ने भएपछि त्यो काम अहिले अधुरै भएको छ । त्यसपछि हरेक घुम्ती बैठकमा कुरा उठेपनि समस्या सम्बोधनको बिषयमा भने तदारुकता भएको छैन । खासगरि गाईको सवालमा गाई बुढो भएपछि र दुध दिन छोडेपछि सडकमा ल्याएर छोड्ने गरिँदा समस्या उत्पन्न भैरहेको छ । किसानले गाई घरमै मरेमा समस्या हुन्छ भनी जोखिम मोल्न चाहँदैनन् । दुधालु गाईको बिमा हुने भए पनि बूढो र दुध थाकेको गाईको बिमा हुँदैन । मलकै लागि भनेर किसानले बूढो र थाकेको गाई पाल्ने गरेका छैनन् । बाच्छाजस्तै गाईलाई पनि बुढो भएपछि केही रकम दिएर घरबाट पठाइदिन्छन् । रकम लिनेले अलि टाढा सडक तथा सार्वजनिक स्थानमा ल्याई छोडेर जान्छन् । बिरामी, कमजोर र बुढा गाई मरेपछि यसको व्यवस्थापनमा समस्या आइरहेको छ । पछिल्लोसमय ठूलो समस्या बन्दै गएको छाडा गाईवस्तु र यसको व्यवस्थापनका बिषयमा राज्य लगायत सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । त्यसैले यसको व्यवस्थापनका लागि सम्बन्धित निकायले ध्यान दिनुका साथै समाधानको दिर्घकालीन उपाय खोज्नुु जरुरी छ । अझै स्थानीय तहले यस विषयलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । रूपन्देहीका पालिकाहरूले हरेक महिना कुरा उठाउने तर समाधानको बिषयमा दृढता नदेखाउने हो भने यो समस्या बढ्दै जानेछ । तसर्थ पालिकाहरूले यो समस्या समाधानमा अभियानका साथ समाधानको पहल गरुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission