ट्रेंडिंग:

>> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते

डिजिटल अदालत कार्यान्वयनमा ढिलाई

१० माघ २०८०, बुधबार
१० माघ २०८०, बुधबार

विश्वव्यापी न्यायिक मान्यता छ– ढिलो न्याय दिनु भनेको न्यायको मृत्यु सरह हो । यो मान्यता पालना गर्नेतर्फ नेपालका अदालतहरूको भूमिका भने प्रभावकारी देखिदैन् । बर्षौं अगाडिका मुद्दा तामेलीमा राख्ने, मुद्दा अड्काउने र फैसलामा विलम्ब गर्ने प्रशस्त उदाहरण छन । न्याय सम्पादनमा ढिलाई हुँदा जीवन नै तहसनहस भएको धेरै उदाहरण छन । तसर्थ न्याय भनेको छिटो हुनुपर्छ भन्ने मान्यता छ । सर्वोच्च अदालतदेखि जिल्ला र पुनरावदेन अदालतहरूमा अहिलेपनि बर्षौ पुराना मुद्दाको चाङ छ । पछिल्लो समयमा कानुनहरूमा भएको सुधार र अदालतका विभिन्न प्रयासका कारण छिटो छरितो न्याय दिने विषयहरूमा केही सुधार भएपनि आमनागरिकले त्यसको अनुभूति अझै गर्न सकेका छैनन् । अदालतमा अनिवार्य रूपमा अवलम्बन गर्नैपर्ने प्रक्रियाका कारण न्याय पाउन ढिला हुने गरेको कुरामा दुईमत छैन । त्यसैले छिटो न्याय दिनका लागि अझै धेरै सुधार गर्न जरुरी देखिन्छ । जब कुनै विषयमा मानिसले आफूलाई अन्याय भएको अनुभव गर्छ र समाजले उसको कुरा मान्दैन तब अन्तिम उपायको रूपमा अदालतको शरणमा पुग्छ । समाज, सरकार, आफन्त र अन्य कुनै पक्षबाट अन्यायमा परेपछि आममानिसको आशाको केन्द्र अदालत हुन्छ । तर अदालतले समेत ढिलो न्याय गरेर ब्यक्तिको जीवन नै बर्बाद हुन्छ । अदालतले गरेको फैसला र आदेशको सबैले पालना गर्नुपर्ने कुरालाई संविधानले सुनिश्चित गरेको छ । अदालती आदेश भनेको कार्यकारी मातहत रहने प्रशासनिक निकायले गर्नेभन्दा नितान्त फरक छ । न्याय सम्पादनमा हुने ढिलाइले कतिपय अवस्थामा न्याय दिएर पनि न्याय पाउने पक्षले न्याय पाएको अनुभुति गर्न नसक्ने कुरा सर्वविदीत छ । त्यसैले विश्वका अधिकांश देशमा न्याय सम्पादनलाई कसरी छिटो, छरितो, विश्वसनीय र प्रभावकारी बनाई आममानिसको नजरमा न्यायालयप्रतिको आस्था बढाउन सकिन्छ भनेर विभिन्न प्रयास भइरहेका छन् । नेपालको सन्दर्भमा पनि डिजिटाइजेसन र अटोमेसनमार्फत कसरी न्याय सम्पादनलाई छिटो छरितो बनाएर न्यायिक सुशासन अभिवृिद्ध गर्न सकिन्छ भन्ने बिषयमा पहल सुरु भएको छ । यो खुसीको कुरा हो तर डिजिटल अदालतका बिषयमा बहस भएपनि कार्यान्वयन कहिले भन्ने कुरा अनिश्चयको अवस्थामै छ ।

दुई बर्षअघि सर्वोच्च अदालतले सेवालाई विस्तारै डिजिटलमैत्री बनाउँदै अदालतका सबै सेवालाई पूर्णरूपमा अटोमेसनमा लैजानका लागि प्रारम्भिक कार्यको सुरुवात भएको जनाएको थियो । नेपालमा हाल एक सर्वोच्च अदालत, १८ उच्च अदालत र उच्च अदालतका इजलासहरू, ७७ जिल्ला अदालतहरू, विशेष अदालत र न्यायाधिकरणहरू समेत गरि एक सयभन्दा वढी अदालतहरूले आ–आफ्नो क्षेत्राधिकारमा काम गरिरहेका छन् । तर, न्याय सम्पादनमा भने अहिलेसम्म स्फूर्ती आईसकेको छैन । अदालतमा अझैपनि २० बर्ष भन्दा धेरै पुराना मुद्दाका चाप छन । त्यसले के देखिन्छ भने देशमा गणतन्त्र आएपनि अदालतमा भने सो अनुसारको सुधार हुन सकेको छैन । यद्यपि सर्वोच्च अदालतको वेवसाइटमार्फत सबै अदालतमा तोकिएका दैनिक र साप्ताहिक पेशी हेर्न, पूर्णपाठ तयार भइसकेका फैसलाहरू डाउनलोड गर्न, तथा मुद्दामा के फैसला भयो भनेर जोसुकैले सोझै हेर्न मिल्ने व्यवस्था गरिएको छ । तर, यो प्रभावकारी भएको छैन । जबसम्म बर्षौ पुराना मुद्दाको फाईल किनारा लाग्दैन, तबसम्म अदालतमा सुशासन आएको मानिदैन् । अदालतका काम कारबाही र प्रक्रियाहरू विगतमा भन्दा पारदर्शी बनेका छन तर न्याय सम्पादनको शीघ्रतामा ढिलाई मान्य हुँदैन भन्ने कुरा अव बुझ्नु जरुरी छ । अझैपनि साक्षी बकपत्र, म्याद तामेल, तारेख आदि विषयहरू समेतमा डिजिटल पद्धतिको प्रयोग हुन नसकेकाले न्याय सम्पादनमा ढिलाइ भइरहेको छ । सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधिशको आगमनसंगै मुद्दा फस्र्योटमा सुधार आउँदै गरेको अवस्थामा अव अदालतलाई डिजिटाईजेशन गर्नेतर्फ ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?