ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

विदेश पढ्न जाने विद्यार्थीबाट बाहिरियो ५ महिनामै साढे ४७ अर्व

५ माघ २०८०, शुक्रबार
५ माघ २०८०, शुक्रबार

काठमाण्डाै ।

विदेशमा पढ्न जाने विद्यार्थी बढेसँगै देशबाट बाहिरिने पैसा पनि तीव्र गतिमा बढेको छ । नेपालमा विश्वविद्यालयको पढाइ गुणस्तरीय नहुँदा र पढाइअनुसारको काम नपाउँदा विद्यार्थी विदेशिने क्रम बढेको छ, विद्यार्थी बढेसँगै नेपालबाट अर्बाैँ रुपैयाँ पनि बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिको वर्षको साउनदेखि मङ्सिरसम्मको ५ महिनामा मात्रै विदेशमा पढ्न जानेहरूले ४७ अर्ब ३५ करोड रुपैयाँ लगेका छन् । जबकि गएको वर्षको ५ महिनामा विदेश पढ्न जानेहरूमार्फत २८ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएकाे थियो । तथ्याङ्कले नै भन्छ, गएको वर्षको ५ महिनामा भन्दा यो वर्षको ५ महिनामा विदेश पढ्न जानेहरूले २० अर्ब रुपैयाँ धेरै लगिसके ।

गएको आर्थिक वर्ष २०७९/८० मा पढ्न भनेर विदेश जाने विद्यार्थीको सङ्ख्या र उनीहरूले लगेको रकम झन् डरलाग्दो छ । शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन शाखाका अनुसार गएको आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जनाले वैदेशिक शिक्षाका लागि अनुमति लिएका थिए । १ लाख १० हजार जना विद्यार्थीबाट गएको वर्ष १ खर्ब ४२ करोड रुपैयाँ बाहिरियो छ । देशमा डलर सञ्चिति घटेको अवस्थामा पढ्न जानेहरूले नै १ खर्ब ४२ करोड रुपैयाँ लैजाँदा पोहोर विदेशी विनिमय सञ्चितिमै असर पुगेको थियो । त्योभन्दा अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७८/७९ मा जम्मा ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । यसको अर्थ हरेक वर्ष विदेश पढ्न जाने र उनीहरूले लैजाने रकम तीव्र गतिमा बढिरहेको छ ।

तर पढ्नका लागि भनेर विदेश गए पनि धेरैको लक्ष्य भने रोजगारी गरेर पैसा कमाउने र विकसित देशमा स्थायी बसोबासको तयारी गर्नु नै रहेको छ । श्रमका लागि राम्रो र विकसित देशमा जान नपाएपछि पढाइका लागि भनेर नेपालीहरू जाने गरेका छन् । देशमा भविष्य नदेखेपछि कक्षा १२ पास गर्नेबित्तिकै धेरैले विदेशमा अध्ययनका लागि आवेदन दिने गरेका छन् ।

४ वर्षको कोर्स पूरा गर्न ६ देखि ७ वर्ष लाग्ने, परीक्षा तालिका आउनै वर्ष दिन पर्खिनुपर्ने, नियमित पढाइ नहुने, समय सुहाउँदा कोर्स नै नभएको लगायतका कारण आफूहरू विदेश जानुको विकल्प नभएको विद्यार्थी बताउँछन् । शिक्षाविद् विद्यानाथ कोइराला अनुसार अहिले विद्यार्थी विदेशिएको गति हेर्दा केही वर्षमा नेपालका विश्वविद्यालयको अवस्था दयनीय हुने बताउँछन् । अहिलेसम्म नेपालमै रहेका विद्यार्थीलाई विदेशिन रोक्ने हो भने आजैदेखि शिक्षा र राजनीतिमा सुधार आवश्यक रहेको कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?