© २०२३
जाजरकोट भुकम्पले दिएको त्रासदी र पीडाका बीच आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईदैछ । जाजरकोट भुकम्पको पीडा सेलाउन नपाउँदै मुलुक एकपटक भुकम्पको सुरक्षाका बिषयमा गंभीररूपमा बहस गर्नुपर्ने संघारमा आईपुगेको छ । निश्चितरूपमा जाजरकोट भुकम्पको घाउ अझै पुरिएको छैन । पीडितहरू अझै अस्थायी आवासमा बस्न विवस छन । त्यसबीचमा आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईदैछ । वि.सं. २०९० सालमा गएको ठूलो भुकम्पका कारण ज्यान गुमाएका नेपालीहरूको स्मृतिमा पहिलोपटक नेपालमा भुकम्प दिवस मनाउन थालिएको हो । पछि, त्यसलाई राष्ट्रिय भुकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालियो । भुकम्प सुरक्षा दिवसको अवसरमा देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुने भएका छन । त्यसो त नेपालमा २०७२ सालमा आएको भुकम्पपछि जनतामा केही जागरण अवश्य आएको छ । भुकम्पछि मापदण्ड अनुसारको घर निर्माण गर्ने क्रम बढेको छ । यद्यपि नेपाल अहिलेपनि भुकम्पीय जोखिमका हिसावले अत्यन्त जोखिममा पर्दछ । भुकम्प आएपनि त्यसबाट बच्ने उपाय र आधारका रूपमा हामीसंग सशक्त पूर्वाधार छैन । तथापि जनतामा आएको जागरणले भुकम्पबाट बच्न सकिने आधार स्थापित भएका छन । यसलाई पनि नेपालको हकमा सन्तोषजनक नै मान्नुपर्दछ । भुकम्पको चुनौतिकै कुरा गर्दा अहिलेपनि प्राकृतिक सम्पदाहरू जोखिममा छन । तिनको समयमै पुनर्निर्माण सम्पन्न नहुँदा ऐतिहासिक धरोहरहरू ढल्ने अवस्थामा छन ।
अर्को गंभीर कुरा के छ भने नेपालको पश्चिम क्षेत्र भुकम्पीय जोखिमका हिसावले अत्यन्त सम्बेदनशील मानिएको छ । तसर्थ यस क्षेत्रका जनताले भुकम्पीय सुरक्षाका सवै संयन्त्र प्रयोग गर्नु जरुरी छ । भुकम्प कहिले आउँछ भन्ने कुनै निश्चित नभएपनि त्यसबाट जोगिनको लागि पूर्व सचेतना आवश्यक रहेकोमा भने भुकम्पवीदहरूले सचेत गराएका छन । उनीहरूका अनुसार अहिलेपनि नेपालले भुकम्प आईहालेमा जोगिने उपायका लागि प्रभावकारी संयन्त्र निर्माण गरेको छैन । उही कमजोर व्यवस्थापनले भुकम्पको चुनौति कम हुन सक्दैन । नेपाल आफैमा भुकम्पको लागि जोखिमको देश हो भन्दा अत्युक्ति नहोला । अर्कोतर्फ विश्वका ठूला बैज्ञानिकहरूले पश्चिम नेपालमात्रै होइन नेपाल नै भुकम्पका कारण जोखिममा रहेको चेतावनी दिदै आएका छन् ।
समयक्रमसंगै भुकम्पको सामना गर्नुपर्ने बाध्यता आईरहेको छ । नेपालको २०९० सालको भुकम्प होस वा त्यसपछि विभिन्न समयमा गएका भुकम्प नै किन नहुन, भुकम्पबाट जोगिने बिषयमा सरकारी स्तरबाट खासै प्रभावकारी योजना निर्माण गरेको देखिएको छ । चाहे त्यो ०९० सालको भुकम्प होस वा आठ वर्ष अघिको वा त्यसपछिका अनेकौं पराकम्प नै किन नहुन । नेपालले भुकम्पवाट बच्न त्यस किसिमको सुरक्षा व्यवस्था गर्न सकेको छैन । केवल नारामा मात्र दिवसको सार्थकता खोज्ने कामले औपचारिकता पाईरहेको छ । पूर्व तयारी, जोखिमबाट बच्ने उपाय, उद्धारका सामाग्रीहरूको व्यवस्था छैन । तसर्थ यस विषयमा पनि सरकारको ध्यान जानु जरुरी छ । अनिमात्र दिवस मनाउनुको सार्थकता रहला । मंगलवार मनाउँदै गरिएको भुकम्प दिवसको अवसरमा सवैमा भुकम्पबाट बच्न सोही अनुसारको मापदण्ड प्रयोगमा ध्यान दिनु अव अत्यावश्यक भैसकेको छ । जाजरकोट भुकम्पले दिएको पीडा र घाउ पुरिएको छैन । त्यसअघि २०७० सालको भुकम्पले पु¥याएको भौतिक र मानवीय क्षतिबाट मुलुकले ठूलो नोक्सानी बेहोरेको थियो । अहिलेफेरी बैज्ञानिकहरू पश्चिममा भुकम्पको खतरा औंल्याईरहेका छन । यदी फेरीपनि शक्तिशाली भुकम्प आईहालेमा कमभन्दा कम क्षति हुनेगरी तयारी गर्नु जरुरी छ । नेपाल सरकार, प्रदेश र पालिकाहरूले पनि भुकम्प सुरक्षा दिवस मनाईरहँदा यो बिषयलाई नजरअन्दाज गर्नु हुँदैन । त्यसका साथै नागरिक स्वयं पनि आफू सचेत बन्नु जरुरी छ । भुकम्पको संभावित जोखिमबाट बच्न भुकम्प प्रतिरोधी घर निर्माणमा कमी आउन नदिऔं । राष्ट्रिय भुकम्प सुरक्षा दिवसले हरेक नागरिकमा यो जागरण सिर्जना गरोस् ।