ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

लुम्बिनी एक्स्पो : पहाडी अर्गानिक कृषि उत्पादनमा आकर्षण

प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका डा दामोदर भुसालले बाह्रै जिल्लाका मुख्य कृषि उपज एक्स्पोमा राखेर कृषिको व्यवसायिकरण, आधुनिकरणमा किसानलाई उत्प्रेरित गर्न निकै राम्रो लगानी र प्रयास गरेको बताए ।
८ पुष २०८०, आइतबार
८ पुष २०८०, आइतबार

बुटवल,८ पुस ।  एउटा स्टलमा १२ किलोको तरुलसहित थरि थरिका महका डिब्बा, गहत, चिउरीको घिउ, अर्को स्टलमा भेडाको उनबाट राडी पाखी बनाउन धागो कात्दै ९बनाउंदै ० गरेका मगर दम्पति, अर्को स्टलमा भाङो ९गांजाको दाना० का प्याकेट,मकै भटमास,सिमी,बोडी, सोस्ता, सिस्नोको साग, अर्को स्टलमा मकैको आटो,कोदोको पिठो, सिस्नोको पाउडर,टिमुर,अल्लोको थान कपडा ।

अर्को स्टलमा पहाडमै फलेका किबी, बांकोको सिन्की ९ढकायो० ,कफी, सुन्तला,पिडालु लगायत तरकारी र फलफुल । छेउको स्टलमा रुपन्देहीको छपियाका माछाका परिकार । तराईकै बर्दियाको रैथाने घिउपुरी चामल, बेसार, अनदी चामल आदि । यस्तै यस्तै पहाडी र तराईका जिल्ला अर्गानिक उत्पादनहरुको परिकारहरु सजाएर राखिएको दृश्य देख्न सकिन्छ लुम्बिनी एक्स्पोको सांस्कृतिक कार्यक्रम हुने स्टेजको छेउमा रहेको कृषि पेभिलियनमा । बुटवल मण्डपमा पुस ५ गतेदेखि चलेको एक्स्पोमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख बाली ९उत्पादन० लाई समेटेर दुई दर्जन बढी स्टल राखिएको छ ।
यस वाहेक खुल्ला स्थानमा राखिएका सहित झण्डै ४० वटा स्टल कृषिसंग सम्बन्धित रहेको आयोजकको दावी छ । यी कृषिजन्य स्टलमध्ये विशेषगरी पहाडी जिल्ला गुल्मी,पाल्पा,रुकुम पुर्व,रोल्पा र प्युठानका जिल्लागत विशेषता बोकेका अर्गानिक उत्पादनका स्टलमा उपभोक्ताको आकर्षण देखिएको छ । स्वास्थ्यका लागि लाभदायक र हितकर मानिने यस्ता पहाडी अर्गानिक वस्तुबारे जानकारी लिन र खरिद गर्न उपभोक्ताको राम्रै चासो देखिएको रोल्पाका उत्पादन राखिएको स्टलधनी हिराकुमारी घलेले बताइन् ।

‘एक्स्पो शुरु भएको तीन दिन मात्र भयो, ब्यापार राम्रै भएको छ, म सन्तुष्ट छु’–घलेले भनिन्–‘नेपाली किसानका कृषि उपज बेच्ने बजार र उचित मूल्यमा विक्रि हुने वातावरण सरकारले बनाइदिने हो भने गाउंका युवाहरु पनि विदेश जान छाडेर आफ्नै ठाउंमा कृषि पेशामा रमाउन सक्छन यसका लागि सरकारले कृषिलाई सांच्चिकै महत्व दिनपर्छ उत्पादनमा आधारित अनुदान दिनुपर्छ ।’रुकुम पुर्वबाट आएका किसान हरिप्रसाद रोका, बर्दियाकी जुगमनी थारु, अर्घाखांचीको लक्ष्मीदेवी महतले भने तेस्रो दिनसम्म ब्यापार खासै नभएपनि स्टलदेखि खान बस्न सबै निशुल्क व्यवस्था भएकाले किसानलाई हौसला दिने यो पक्ष राम्रो लागेको बताए । ‘किसानले आफ्नै खर्चमा स्टलको शुल्क तिर्न, टाढाबाट सामान ल्याउन र १०–१२ दिन खान बस्न लाग्ने खर्चको हिसाबमा ब्यापार थोरै हुंदा घाटा लाग्ने भएर निराश हुनुपर्ने अवस्था यो मेलामा छैन, सबै मेलामा यस्तै व्यवस्था भए कृषि उत्पादनको बजारिकरणमा सहज हुन्छ’– उनीहरुको भनाई थियो ।
१२ वटै जिल्लाका कृषि उत्पादनलाई एक्स्पोमा प्रदर्शन गर्न आयोजकले निःशुल्क स्टल उपलब्ध गराएका छन् भने लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको कृषि विकास र पशुपंक्षी विकास निर्देशनालयले बाह्रै जिल्लाबाट कृषि उपज बुटवलसम्म ढुवानी गरी स्टलमा बस्नेलाई मेला अवधिभर खान र बस्नको व्यवस्था समेत गरेको छ ।

यसले गर्दा प्रदेशका सबै जिल्लाका मुख्य कृषि बालीलाई एक्स्पोमा ल्याउन सम्भव भएको र यसले एक्स्पोमा छुट्टै महत्व र आकर्षण दिएको कृषि तथा प्रविधि उपसमिति संयोजक मेघनाथ पौडेलले बताए । ‘बुटवलमा धेरै वर्षदेखि थुप्रै मेला महोत्सव भए तर आयोजकले स्टल निःशुल्क गरेको र सरकारी निकायले ढुवानी र खान बस्न सबै निःशुल्क गरेर कृषिलाई महत्व दिएको शायद पहिलो होला’–पौडेलले भने–‘यसपटक सरकारी निकायको लगानी, सहयोग र भूमिका सांच्चिकै प्रशंसायोग्य छ, यस्तै लगानी र भूमिका अझ बढाउने हो भने मात्रै किसानहरु कृषि पेशा र व्यवसायमा टिक्न र उत्पादन बढाउन हौसला मिल्छ ।’

संयोजक पौडेलले नेपालमा कृषिको राम्रो संभावना भएको तर नेपालीहरुमा विदेश जानुभन्दा आफ्नै देशमा कृषि कर्म गर्नुपर्छ पैसा मात्र ठूलो हैन भन्ने देशभक्ति र राष्ट्रियताको भावना कमजोर भएको बताए । राष्ट्रियताको भावना बलियो बनाउन सरकार र निजी क्षेत्रले कृषिलाई बोलीमा हैन व्यवहारमै प्राथमिकता दिने, नेपाली कृषि उपजको प्रयोगलाई बढावा दिने नीति र कानून बनाउनुपर्ने पौडेलको भनाई छ ।

प्रदेश कृषि विकास निर्देशनालय बुटवलका अधिकृत दयाराम बस्यालले लुम्बिनी एक्स्पोले कृषि पेभिलियनलाई उच्च प्राथमिकता दिएको हुंदा निर्देशनालयले बाह्रै जिल्लाका किसानले उत्पादन गरेका मुख्य उत्पादनलाई कृषि ज्ञान केन्द्रमार्फत ढुवानी गरेर एक्स्पोसम्म ल्याइदिएको र स्टलमा बस्नेलाई खान र बस्ने खर्च उपलब्ध गराइएको बताए । ‘विगत वर्षहरुमा सञ्चालन हुने ब्यापार मेला वा औद्योगिक प्रदर्शनी जुनसुकै नाममा चलेका ठूला मेला–महोत्सवमा कृषि स्टललाई यस्तो प्राथमिकता दिएको पाइएको थिएन, यसपटक धेरै राम्रो मान्नुपर्छ ।’ कृषि पेभिलियनमा किसानहरुका लागि सिक्ने धेरै कुरा रहेकाले एक्स्पोमा आएर लाभ उठाउन बस्यालले आग्रह गरे ।

कृषि पेभिलियनमा धान खेतमा हांस र माछा पालन प्रविधिको स्टल राखेका इन्नोभेसन कृषि फर्म तिलोत्तमा १० का सञ्चालक एवं प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका डा दामोदर भुसालले लुम्बिनी एक्स्पोले कृषिको व्यवसायिकरण, आधुनिकरणमा किसानलाई उत्प्रेरित गर्न बाह्रै जिल्लाका मुख्य कृषि उपज एक्स्पोमा राखेर निकै राम्रो लगानी र प्रयास गरेको बताए । ‘कृषिमा आत्मनिर्भर हुन र अर्गानिक उत्पादनलाई प्राथमिकता दिएको खण्डमा मात्रै नागरिक स्वस्थ हुन्छन् र देशको समृद्धि हुन्छ’–डा। भुसालले भने–‘नेपालभर लाग्ने सबै मेलाले कृषिलाई यसरी नै प्राथमिकता राखेर नागरिकलाई कृषि उद्यम गर्न प्रेरित गरेमात्रै कृषिमा आत्मनिर्भर हुन सकिन्छ, वर्षेनी हुने खर्बौंको कृषि आयात रोक्न सकिन्छ ।’

पुस १८ सम्म चल्ने एक्सपोमा कृषिका ४० बढी सहित गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१,होटेल तथा रेष्टुरेन्टका २३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका ७८ स्टल,श्रृंगार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिकका ५३,बैंक÷वित्तिय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहेका मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?