ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

त्यो कान्ति, यो कान्ति…

२ पुष २०८०, सोमबार
२ पुष २०८०, सोमबार

बुटवल, २ पुस । बुटवलको कान्ति माध्यमिक विद्यालयको चर्चा देशभरि छ । यहाँ अध्ययन गर्न टाढा टाढाबाट आउने विद्यार्थीहरूको चाप धेरै छ । विद्यार्थीको नतिजा र कक्षा भित्र र बाहिर बालबालिकालाई सिकाउने व्यवहारिक शैलीका कारणले अभिभावकको रोजाईमा परेको विद्यालयको दाबी छ । नतिजाका हिसाबले चर्चामा रहेको विद्यालय पछिल्लो पटक भौतिक पूर्वाधारका हिसावले थप आकर्षण बनेको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनासँगसँगै २००८ सालमा यो विद्यालय गणेश विद्या प्राइमरी स्कुलका रूपमा स्थापना भएको थियो । त्यसको दुई वर्षपछि जनता विद्या भवन प्राइमरी स्कुलको एकीकरण गरेर २०१० साल पुस १ गतेबाट गणेश जनता विद्या भवन प्राथमिक विद्यालयको नामबाट अहिलेको कान्ति माध्यमिक विद्यालयको रूपमा संचालनमा छ ।

कान्तिले २०१६ सालमा मिडिल स्कुल र २०२६ सालमा हाइस्कुलको स्वीकृति प्राप्त गरेको हो । यो विद्यालयले २०२९ सालमा गणेश जनतामा माध्यमिक र २०३३ सालबाट कान्ति माध्यमिक विद्यालयको नामबाट राष्ट्रभर नाम चम्काएको छ । यस क्षेत्रकै उत्कृष्ट विद्यालयको रूपमा नाम लेखाउँदै अगाडी बढिरहेको कान्ति माविले ७० आंै बाषर््िाकोत्सव मनाएको छ । २०६४ सालबाट कक्षा ११ र १२ सञ्चालन गरेको यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहमा विभिन्न विषयहरू पठनपाठन भएका छन् । विद्यालयलाई अझै उत्कृष्ट बनाउन २०७४ सालदेखि सुझाव पेटिका राखी सुझावलाई कार्यान्वयनमा ल्याएको छ ।

कान्ति माध्यमिक विद्यालयलाई देशमै नमुना विद्यालयको रूपमा विकास गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा बताउँछन् । उनले त्यसका लागि भौतिक हिसाव धेरै काम गरिसकेको र शैक्षिक हिसाबले पनि योजनाबद्दरूपमा लागि परेको अध्यक्ष शर्माले बताए । उनका अनुसार आर्थिक हिसाबले सबल र व्यवस्थापकिय हिसाबले सक्षम र पारदर्शीता हिसावले सुशासनको अभ्यास शुरु गरिएको छ । विद्यालयले आफ्नो लक्ष्यलाई पुरा गर्न सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्ने कामलाई तिव्रता दिएको छ । विद्यालय बगंैचा, छात्राबास निर्माण, खेल मैदान, प्रविधि क्षेत्र र शिक्षा क्षेत्रमा प्रगति गरेको छ । अहिले विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन भईरहेको छ ।

विद्यालयमा अहिले ५ हजार ३ सय ६० विद्यार्थी र २ सय ७ जना शिक्षक र कर्मचारी रहेका छन् । विद्यालयले विभिन्न सामाजिक कामहरू समेत गर्दे आएको छ । लागूपदार्थ दुव्र्यसनी, कोविट संक्रमण, डेंगी, सरुवा रोग बैक तथा बित्तीय गतिविधि, ट्राफिक सचेतना मुख आँखा स्वास्थ्य जाँच, साइबर क्राइम, विद्यार्थी उत्प्रेरणा, करियर काउिन्सलिङ, तीज गीत प्रतियोगिता, सरसफाई कार्यक्रमहरू गर्दै आएको छ ।
विद्यालयले २०७१ सालको एसएल सी परीक्षाको नतिजामा पश्चिमाञ्चल प्रथम, २०७३ सालको एसइई परीक्षामा यो विद्यालय लुम्बिनी प्रदेशमै प्रथम भएको हो । २०७६ सालमा बुटवल उपमहानगरपालिकाबाट उत्कृष्ट विद्यालयको रूपमा सम्मान, २०७८ सालमा रूपन्देही जिल्लाको उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ । त्यसैगरी २०७९ सालमा लुम्बिनी प्रदेशमा द्वितीय र नेपालमै छैठौं स्थान रहेको विद्यालयका प्रधानाध्यापक ज्ञवालीले जानकारी दिए । उनले भने गुणस्तरिय छिटो र छरितो सेवा वितरण विद्यालयको प्रभावकारिता मापनको दरिलो आधार हो ।

विद्यालय र समुदायबीचको सम्बन्ध स्थापित गर्नमा सार्वजनिक सेवा प्रवाहको भूमिकालाई विद्यालयले सचेत रूपमा लिई सेवाग्राहीको सन्तुष्टिलाई मुख्य उद्देश्य मानेको बताए । कक्षागत अभिभावक भेला सम्पन्न गरिएको छ । भेलाबाट प्राप्त सुझावलाई कार्यान्वय गर्ने गरिएको कारणले पनि हामी उत्कृष्ट हुने बाटोमा अगाडि बढेका छौं ।

विद्यालयले बुटवल उपमहानगर पालिका, शिक्षा विकास तथा समन्वय ईकाइ, रूपन्देही, राष्ट्रिय परिक्षा बोर्ड प्रदेश र केन्द्र सरकारबाट विद्यालयमा विभिन्न समयमा भएका निरीक्षण अनुगमन गरी दिइएका सुझावहरूलाई विद्यालय सुधारको आधार बनाएको छ ।
कान्ति माविले २०३५ सालमा रजत जयन्ती, २०६० सालमा स्वर्ण महोत्सव तथा २०७० सालमा हीरक महोत्सव मनाएको छ । विद्यालयले विद्यालयका गतिविधिहरूलाई समावेश गरि कान्ति रजत स्मारिका, कान्ति स्वर्ण स्मारिका, कान्ति हीरक स्मारिका प्रकाशन गरेको छ । त्यसैगरी कान्ति दपर्ण २०७५, कान्ति दर्पण २०७६, कान्ति दर्पण २० ६८ कान्ति दर्पण २०७९ प्रकाशन गरेको छ । विद्यालयले कान्ति बालबाटिका भित्तेपत्रिका समेत प्रकाशन गरिरहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?