© २०२३
‘आप्रवासीहरूको योगदान र अधिकारको सम्मान गरौं’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा विविध कार्यक्रम गरी मनाईदै छ । आप्रवासी श्रमिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र आप्रवासी श्रमिकको सेवा सुविधाका बारेमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आव्रवासी श्रमिकको हक अधिकार स्थापित गर्न यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । विश्वका ठूलो रोजगारदाता मुलुक र प्रतिष्ठानहरूले आप्रवासी श्रमिकको सेवा सुविधासम्बन्धी मापदण्डलाई आधार मानेर प्रवासी श्रमिकमाथि सम्मानजनक व्यवहार गर्नुपर्ने नियम रहेपनि व्यवहारमा त्यो भएको पाइएको छैन । सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन यो दिवस मनाइँदै आएको छ । आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई संघर्ष गर्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूले दैनिकरूपमा अनेकौँ समस्याको सामना गर्दै आएका छन् । आप्रवासीहरूको योगदानको यो महत्वपूर्ण पाटो विर्सन सकिदैन ।
अहिले विश्वभरी यो दिवसलाई श्रमिकहरूले हर्षोल्लासका रूपमा मनाउने गरेका छन । तर विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार तथा विदेशी नागरिक भएका कारण विभेदका घटना घटेको होइन बरु बढेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार विश्वभर २४ करोडभन्दा बढी मानिस आप्रवासीका रूपमा बाहिरी मुलुकमा काम गर्न जाने गरेका छन भने तीमध्ये एक चौथाइ मानिस एसिया तथा प्रशान्त क्षेत्रमा मात्र छन् । यो दिवस मनाईरहँदा नेपालका श्रमिक भने विदेशमै असुरक्षित भैरहेका छन । नेपाली आप्रवासी कामदारहरूमध्ये दस वर्षको अवधिमा झन्डै आठ हजारको मृत्यु भएको छ । यो अत्यन्त दुःख खबर हो । पछिल्लो एक दशकको अवधिमा वैदेशिक रोजगारीमा रहेकामध्ये झन्डै साढे सात हजारभन्दा बढी आप्रवासी नेपाली कामदारले ज्यान गुमाएका छन् ।
चिन्ताको बिषय के छ भने नेपाली श्रमिकहरू असुरक्षित वन्दै गएका छन । नेपाल सरकारले पनि आप्रवासी नेपाली श्रमिकको हक र अधिकार तथा तिनको सुरक्षाका सवालमा अन्तर्राष्ट्रिय रूपमा बहस गर्न सकिरहेको छैन । जसका कारण नेपाली आप्रवासी कामदारहरूको सुरक्षा चुनौति बढ्दो छ । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवस मनाउने मात्र होइन कामदारहरूको जीवन सुरक्षाको सवाललाई पनि गंभीर रूपमा उठाउनु जरुरी छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी