ट्रेंडिंग:

>> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल

लुम्बिनी प्रदेश सरकारको आठ महिना, जनतामा आशाभन्दा असन्तुष्टी बढ्दै

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

कांग्रेस संसदीय दलका नेता डिल्लीवहादुर चौधरी मुख्यमन्त्री बनेको आठ महिना भैसकेको छ । आठ महिनाको बीचमा प्रदेश सरकारले देखिनेगरि काम गर्न सकेको छैन । प्रदेश सरकार आफै लंगडो बनेको छ । मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकिरहेको छैन । आफै अपूर्ण सरकारले जनतालाई दिने डेलीभरीका बिषयमा प्रश्न उठ्नु स्वाभाविक छ । प्रदेश सरकारप्रति जनताको तीब्र असन्तुष्टी छ । विकास निर्माणको काम केही भएको छैन । सरकारले पुँजीगत खर्चसमेत गर्न नसक्नु सरकारको असफलताबाहेक अरू केही होइन । जनताको असन्तुष्टी बढ्दै गएको सन्दर्भमा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले समेत प्रदेश सरकारलाई विभिन्न प्रश्न सोध्दै सरकारको जवाफ मागेको छ । नेकपा एमाले संसदीय दलले गरेको प्रश्नबाट सरकारलाई जिम्मेवार र जवाफदेही बन्न सहयोग पुग्छ तर सरकारले यसलाई विरोधका रूपमा हे¥यो भने त्यो सरकारकै लागि घाटा हो । सरकार सच्चिनुपर्दछ र सही ट्रयाकमा आओस् भन्ने नेकपा एमाले संसदीय दलले जुन सदिक्षा गरेको छ, त्यसबाट प्रदेश सरकारलाई बेलैमा सच्चिन बाटो खुलोस् । सरकार सच्चियोस् । जनताको गुनासो सम्बोधन गर्नेतर्फ प्रयास गरोस् ।

प्रदेशमा कांग्रेस माओवादी गठबन्धन सरकार छ । सरकारका कारण बेथिति, विसंगति र मनपरि बढेको छ । नेकपा एमाले संसदिय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लिला गिरिको नेतृत्वमा पुगेको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री डिल्लिबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई सच्चिन सुझाएको छ । अहिलेको सरकारका काम गराई र शैली अपारदर्शी र असन्तुलित रहेको भन्दै सर्बत्र गुनासो चुलिएको छ । प्रदेश मातहतका सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोस बढिरहेको छ । संघीयताको कार्यान्वयन भएसंगै गठन भएको लुम्बिनी प्रदेश सरकारले विसं. २०७४ सालमै लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सकिने आधारहरू तय गर्दै तिनलाई कार्यान्वयन गर्ने चरण सुरु भइसकेको तर सत्ता गठबन्धन फेरिएसंगै महत्वपूर्ण योजनाहरूलाई अलपत्र पार्ने काम भएको नेकपा एमाले संसदीय दलको आरोप छ । यो आरोपमात्र होइन यथार्थ हो । यस्तै समृद्धि हासिल गर्न सकिने गरी दीर्घकालीन सोंचका साथ कैयौं कार्यक्रमहरू सञ्चालन गरिएका तर तिनलाई समेत अहिलेको गठबन्धन सरकारबाट रोक्ने काम भएको ज्ञापनपत्रमा उल्लेख छ । सरकार प्रतिपक्षी दलको सुझाव र सहयोग लिएर अघि बढे निश्चितरूपमा सरकारका लागि सहज हुन्छ तर सरकार विपक्षी दलको कुरै सुन्न चाहँदैन । सरकारलाई दिने सकारात्मक सुझावमा समेत सरकारको चासो छैन । जसका कारण दिर्घकालिन महत्वका योजना रोकिदा कैयौं महत्वपूर्ण विकासका कामहरू प्रभावित भएका छन । अति संवेदनशील क्षेत्रमै बजेट विनियोजन रोकिएको छ । खानेपानी, स्वास्थ्य जस्ता अति जरुरी क्षेत्रमै बजेट कटौती गर्ने र योजना रोक्ने काम भएको छ । पूर्वाग्रहका आधारमा बजेट रोक्ने, योजनाहरू प्रभावित बनाउने र विचौलिया पोस्नेगरी बजेटको दुरूपयोग गरिँदा त्यसको असर प्रदेशको समग्र विकासमा पर्न गएको प्रमुख प्रतिपक्ष दलको आरोप छ । यो आरोपलाई खण्डन गर्ने अवस्था सरकारको छैन, किनभने भएको यथार्थ अवस्था त्यही छ ।

अर्को विडम्वना के छ भने प्रदेश सभामा विषयगत समितिहरू समेत हालसम्म गठन हुन सकेको छैन । समितिलाई लंगडो बनाइएको छ । प्रदेश सभाका बैठकहरू खासै प्रभावकारी हुन सकेका छैनन । मिनि सभाका रूपमा काम गर्ने र प्रत्यक्ष सरोकारका संसदीय समितिहरूलाई आजसम्म नेतृत्वबिहीन बनाइराख्दा जनतामा राम्रो सन्देश नगएको एमालेको धारणा छ । सरकारले प्रतिपक्षी दलसंग विगतमा गरेका विभिन्न समसामयिक विषयका सहमतिहरूको कार्यान्वयन गर्नेतर्फ पनि हालसम्म तदारुकता नदेखाएको, एकातिर सरकारबाट सेवाप्रवाह प्रभावकारी नहुनु, प्रदेश सभाका विषयगत समितिहरू नेतृत्वबिहीन बनाइनु, बेथिति र मनपरीलाई आत्मसात गरिँदा सरकारका कार्यशैलीबाट जनतामा निराशा मात्रै बढाइरहेको छ । अहिले जनतालाई आश्वासन होइन, तत्काल राहत चाहिएको छ । तसर्थ प्रदेश सरकार गंभीर हुन जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?