ट्रेंडिंग:

>> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान

बन्द गर जनताको आँखामा छारो हाल्ने काम

१३ मंसिर २०८०, बुधबार
१३ मंसिर २०८०, बुधबार

इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले पेट्रोलियमको मूल्य पछिल्लो दुईपटक घटाएर पठाएको छ । स्चालितल मूल्य प्रणाली लागू गरेको दावी गर्ने नेपाल आयल निगमले दुईपटक मूल्य घटेर आउँदापनि मूल्य घटाउनेतर्फ कुनै चासो दिएको छैन । नोभेम्बर १ र नोभेक्बर १६ मा पठाएको नयाँ मूल्य अनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको बताइएको छ । तर नेपालमा आयल निगमले मूल्य घटाउनेतर्फ कुनै चासो नदिने उपभोक्तामाथि ठूलो घात हो । इजरायल हमास युद्ध र रुस युक्रेन युद्धका कारण पछिल्लोसमय विश्वमा लगातार तेलको मूल्यमा गिरावट आईरहेको छ । जस अनुसार पहिले मूल्य बढाएका देशहरूले समेत अहिले इन्धनको मूल्यमा भारी कमी गरेका छन । विश्वमै इन्धनको मूल्य घटिरहँदा नेपालमा भने नेपाल आयल निगमले मूल्य घटाउने तर्फ कुनै प्रयास नै गरेको छैन । उता निगम मानौं अहिले नाफा ओकलिरहेको छ र आम उपभोक्तालाई राहत दिने सवालमा अनेक बहानाबाजी गरेर बरु बढाउने तर घटाउनेतर्फ प्रयास नै गर्दैन । अहिले निगमलाई मूल्य घटेर आएकाले पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५ रूपैया नाफा रहेको छ । यस्तै हवाई इन्धन आन्तरिकमा ३० रुपियाँ र मट्टीतेल प्रतिलिटरमा २० रुपियाँ नाफा गरेको निगमले जनाएको छ । मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । अहिले निगमले दैनिक १० करोड रुपियाँ नाफा कमाउने अवस्थामा पुगेको छ । स्वचालित मूल्य प्रणाली लागू गरेको दावी गर्ने आयल निगमले नेपाली जनताको आँखामा छारो हाल्न उद्यत छ । त्यसो त नेपाल आयल निगम जहिलेपनि आम उपभोक्ताप्रति अनुदार देखिदै आएको छ । यो अवस्था अहिलेमात्र होइन निगमको नेतृत्वमा पुगेकाहरू आफूलाई सर्वेसर्वा ठान्छन । उनीहरूलाई आम उपभोक्ताप्रति परिरहेको मूल्यबृद्धिको भारप्रति कुनै चासो र चिन्ता हुँदैन । निगमलाई दुहुनो गाई बनाएको कुरा आजमात्र होइन इतिहासका पुराना दिनहरूले बताईरहेका छन । निगमले विज्ञप्ती नै जारी गरेर भन्छ– इन्धनको मूल्य घटेर आएपनि तत्काल बजारमा मूल्य घटाउँदैनौं ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भए अनुसारै मूल्य समायोजन गर्ने भनिएपनि निगमले त्यसो गर्दैन, उल्टै घाटामात्रै छ भनिरहन्छ । सरकार पनि नेपाली जनतामथि परिरहेको मूल्यबृद्धिको भारप्रति मानौं बेखबर छ । बिभागीय बाणिज्य मन्त्रीका लागि जनताको मुद्दा प्राथमिकतामा परेको छैन । पेट्रोलियम पदार्थको भाउ निर्धारण सम्वन्धि उच्चस्तरीय आयोगले पेट्रोलियम पदार्थको भाउ अन्तर्राष्ट्रिय बजारमा बढ्दा बढाउने र घट्दा घटाउने गरी सरकारलाई पेस गरेको प्रतिवेदन मन्त्रालयको कुन कुनामा छ । त्यो पढ्ने फुर्सद पनि छैन । यसवीचमा निगमको सदाबहार एउटै भनाई छ– सधैं घाटा । खास घाटामा त उपभोक्ता छन् किनभने पेट्रोलियम पदार्थमा सरकारले अचाक्ली कर थोपरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भए अनुसार मूल्य समायोजन गर्ने भनिएपनि निगमले त्यसो गर्दैन, उल्टै घाटामात्रै छ भनिरहन्छ । अव सरकारले भारतबाट घटेर आएको मूल्य अनुसार नेपालमा भाउ घटाएर जनताको सहानभूति पाउने यो महत्वपूर्ण अवसर नगुमाओस् । नेपाली उपभोक्तालाई सधै गुमराहमा राख्ने सरकारको काम अव सच्चियोस् । तेलमाथि अनेक नाममा कर थोपरेर निगमलाई मूल्य बढाउन प्रेरित गर्ने सरकारले तत्काल मूल्य घटाउन पहल गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?