ट्रेंडिंग:

>> दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो >> बालबालिकाका लागि खोप निःशुल्क उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको विश्व समुदायसँग आग्रह >> दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो >> उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी >> नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण >> जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ >> विश्व हात धुने दिवस २०२४ मा सहभागी बनौं, संक्रमणबाट बचौं >> घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी >> दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने >> तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> पुर्वी नवलपरासीमा ३२८ सवारी दुर्घटना ४३ जनाले ज्यान गुमाए >> भारतीय वन रक्षकको गोली प्रहारबाट नेपाली घाइते >> दाङमा पानीमा डुबेर एक जनाको मृत्यु >> महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा >> ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ >> फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने >> देशका अधिकांश भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव >> जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक >> एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण >> जुवा खेल्दै गरेका पाँच जना पक्राउ >> भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा >> दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी >> गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै >> एक्सरसाइज क्याम्ब्रियन गश्ती २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक >> लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते >> अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा >> श्रीलंकामा चर्चित प्रकरणको पुन: छानबिन हुने >> बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस >> बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो >> भारतको राष्ट्रवादी कंग्रेस पार्टीका नेता बाबा सिद्दिकीको हत्या >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> दसैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी >> राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण >> प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण >> हराए तानसेनका ऐतिहासिक धरोहर  >> विजयादशमी पर्वमा मुख्यमन्त्रीको शुभकामना >> दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री >> कुन देशमा कति बजे छ विजयादशमीको साइत ? >> बडादसैँको मुख्यदिन आज, टीकाको साइत बिहान ११: ३६ बजे >> गुल्मीमा जिप दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड

भुकम्प पीडित खुल्ला आकासमुनी, राहत र पुर्नस्थापनाको काम छिटो गर

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

जाजरकोटको बारेकोट केन्द्रविन्दु भएर भुकम्प गएको सात दिन बितिसक्दा पनि भुकम्प प्रभावितहरू अझै खुला आकासमुनी बस्न बाध्य भएको भन्दै सरकारले दिने राहत छिटो उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन । भुकम्प प्रभावितहरूले त्रिपालसमेत पाउन नसकेको भन्दै स्थानीय जाजरकोटका भुकम्प प्रभावितले राहत बितरणप्रति असन्तुष्टी जनाएका छन । राहत बितरण गरिएपनि नजिकका आफन्तहरूले मात्रै पाएको र चिनजान नभएका गाउँका पीडितहरूले अझै कुनैपनि प्रकारको राहत नपाएको उनीहरूको गुनासो छ । एकद्वारका नाममा राहत वितरणको काम लगभग ठप्प जस्तै भएको छ । भुकम्प प्रभावितहरू जाडोमा कक्रिएर बस्न बाध्य छन । राहतको काम निकै सुस्त भएकोमा ब्यापक असन्तुष्टी देखिएको छ । भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएको तथ्याँक सार्वजनिक भएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी हजारौं व्यक्तिहरू विस्थापित हुन पुगेका छन् ।

आफ्नै घर खण्डहरमा परिणत भएको र कैयौँ आफन्त र छरछिमेकका सदस्यहरू घरमा पुरिएर मृत्युवरण गर्न बाध्य भएको दृश्यले भुकम्प पीडितहरू भावविह्वल वनेका छन । भागेर बाँचेकाहरूले घरबास सबै गुमाएका छन् र अहिले हजारौँ स्थानीयहरू खुला आकाशमुनि रात बिताउन विवश भइरहेका छन् । विस्थापितलाई राहत र पुनस्र्थापना अहिलेको अहम् आवश्यकता हो । मृत्यु भएकाहरूको परिवार शोकमा छन् भने घर भत्किएर विस्थापित भएकाहरू पनि कहाँ बस्ने, के खाने र के लगाउने भन्ने समस्याले आक्रान्त छन् । त्यसैले यतिखेर त्यहाँका बासिन्दाका लागि सहानुभूति होइन, तत्काल राहत र पुनस्र्थापनाको खाँचो छ । सरकारले छिटोभन्दा छिटो प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउनु जरुरी छ । चिसोकै कारण भुकम्प प्रभावितहरू विरामी पर्न थालेको समाचार आईरहेको छ । यो निकै दुःखद कुरा हो । पीडितहरूलाई झन् पीडित हुने अवस्था कुनै हालतमा पनि आउन दिनुहुँदैन । प्रभावित क्षेत्रमा देश तथा विदेशबाट राहतको ओइरो लागेको छ तर किन राहत बितरणमा ढिलाई भैरहेको छ ? सरकार किन भुकम्प प्रभावितहरूसम्म छिटो राहत पुयाउने काममा बिलम्ब गरिरहेको छ ? यो अवस्थामा सरकार मानव संबेदनाहिन हुनुहुँदैन । तसर्थ राहत वितरण हुँदैछ भनेर सरकारले ढिलाई गरेर अनि हात बाँधेर बस्न सरकारलाई कदापि हुँदैन । एक साता हुँदापनि अहिलेसम्म पीडितहरूलाई बस्न र खानाको राम्रो प्रबन्ध हुन सकेको छैन ।

खुला आकासमुनी रात बिताउन बाध्य हुनुपरेको छ । मानौं त्यहाँ मानवीयता भन्ने कुनै अनुभूति हुन सकेको छैन । यसले उनीहरू झन् दुखित हुनुपर्ने अवस्था सिर्जना भएको छ । जाडोको मौसममा पीडितहरू खुला आकाशमा गुजारा गर्नुपर्दा स्वास्थ्यमा समेत प्रतिकूल अवस्था सिर्जना हुन थालेको छ । त्यसैले विस्थापित सबैलाई प्रभावकारीरूपमा पुनस्र्थापना गर्ने गरी तीनवटै सरकारहरू राहत र पुनस्र्थापनामा गंभीर बन्नु जरुरी छ । भुकम्प प्रभावितहरूको दुःख पीडामा मल्हम लगाउने काममा नेकपा एमालेले चासो र चिन्ता देखाएको छ । त्यसो त अरू पार्टीहरूले समेत सहयोग गरिरहेका छन तर नेकपा एमालेले भुकम्प प्रभावित क्षेत्रमा आफ्ना एकहजार कार्यकर्तालाई स्वयंसेवकका रूपमा खटाउन थालेको छ । जनतालाई दुःख पर्दा हो सहयोगको काँध थाप्ने । अरू बेला नागरिकहरू आफै दुःखजिलो गरिरहेका छन । जेहोस नेकपा एमालेले एकहजार स्वयंसेवक परिचालन गरेर पुनर्निर्माणको जुन अभियान सुरु गर्दैछ, त्यसको अनुसरण अरू पार्टीहरूले पनि गर्न सक्नुपर्दछ । नागरिकहरू संकटमा पर्दा सरकारले कुशल अभिभावकत्व दिनुपर्छ । तर, सरकारभन्दा एक कदम अघि बढेर नेकपा एमालेको मानवीयता प्रकट भएको छ, यो महत्वपूर्ण बिषय हो । अहिले भुकम्प प्रभावित क्षेत्रमा राहत बितरणमा ठूलो अनियमितता भएको गुनासो आएको छ । राहत वितरणमा पनि पहुँच भएकाहरूले मात्रै पाउने अवस्था देखिएको छ । आफ्ना दलका कार्यकर्तालाई मात्रै राहत वितरण गरिएको र राहत वितरणमा समेत पक्षपात देखिएको गुनासो सुन्नमा आएको छ । सरकारको यो बिषयमा गंभीर ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?