© २०२३
नेपालमा करिव आठसय थरीका चरा चुरुङ्गीको बासस्थान रहेको छ । ती चरा नेपालका लागि अमूल्य निधि हुन । प्रकृतिप्रेमीका लागि मात्र होइन, प्रकृति सन्तुलनका लागि पनि चराहरूको महत्वपूर्ण स्थान छ । त्यसो त अचेल जाडो महिनामा तराई झर्ने म्याल चरा देखिनै छाडेका छन । क¥याङकुरुङ भन्ने म्याल चरा जाडोमा हिमालबाट तराई झर्ने र तराईमा गर्मी बढ्दै गएपछि हिमाल चढ्ने अत्यन्त राम्रो मनमोहन प्रकृति समागम थियो तर पछिल्लोसमय क¥याङकुरुङ देखिनै छाडेका छन । सरकारले आठसय प्रजातिका चराको संरक्षणमा कहिल्यैपनि ध्यान दिएको छैन । चराबीदहरूले नेपालमा यति प्रजातिका चरा छन भनेको आधारमा चरा सम्वन्धि रेकर्ड र इतिहास बनाउनुपर्ने अवस्था छ । अर्कोतर्फ प्रकृतिका अमूल्य सम्पदा चरा संरक्षणमा सरकारले ध्यान दिन नसक्दा लोप हुने खतरा बढ्दै गएको संरक्षणबीदहरूले चेतावनी दिएका छन । विश्वमै बढ्दो जनसंख्याको भार, खाद्यान्नमा विषादीको भारी प्रयोग, शिकारी प्रवृत्ति लगायतका कारण विश्वबाटै चराचर संरक्षणमा चुनौति थपिएको छ । नेपालमा पाईने चराहरूको बासस्थान जोखिममा पर्दा अर्को देश पलायनको खतरा पनि औंल्याइएको छ । नेपाल सरकार चराचर संरक्षणमा सधै प्रतिवद्धता जनाउँछ तर उनीहरूको संरक्षणका लागि भने उदासिन वन्ने गरेको छ ।
चरा प्रकृतिका अमूल्य उपहार हुन । यिनको संरक्षणले नेपालको उन्नती र प्रगती सार्थक र संभव हुन्छ तर लोप हुने खतराले प्रकृतिप्रेमीलाई चिन्तित बनाएको छ। कतै प्राकृतिक असन्तुलनमा यसको असर पर्ने त होइन भन्ने प्रश्न उठ्नुपनि स्वाभाविक छ । नेपालले चरामात्र होइन अन्य धेरै प्रजातिका जीवजन्तुको संरक्षणमा पनि खासै चासो देखाएको पाईदैन । सिमसार क्षेत्रको संरक्षण नगर्दा पनि समस्या बढ्दै गएको छ । तर यो विषयमा त संघीय सरकार न त सम्वन्धित क्षेत्रको प्रदेश सरकार र स्थानीय तहको नै ध्यानाकर्षण भएको छ । प्राकृतिक सम्पदाका साथै चराचर मासिने र नासिने खतरा बढेपछि यसले चिन्ता बढाउनु स्वाभाविक छ । एक सिंगे गैडा पनि अहिले लोपोन्मुख भईरहेको छ । ताल तलैया र हिम श्रृंखलाहरू विभिन्न कारण नासिने अवस्था बढ्दै छ । प्रकृतिको बरदान पाउन सहज छैन । विश्वका अन्य देशलाई प्रकृतिको यो बरदान मिलेको छैन तर नेपालले यो ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्न सकेको छैन । प्रकृति र प्रकृतिजन्य यावत क्षेत्रको संरक्षणमा अव सरकारको ध्यानाकर्षण हुनैपर्दछ । विगतमा धेरै प्रकृतिजन्य सम्पदा राजाका संरक्षण हुन्थे र तिनीहरू त्यहीकारण विनासोन्मुख पनि भए तर अव समय परिवर्तन भएको छ । सरकारले यस विषयमा गंभीरता देखाउने बेला आएको छ । र, यी चराचरको संरक्षणमा सम्वन्धित निकायको ध्यानाकर्षण छिटो होस् । चुरे विनास र दोहनले तराईको जनजीवन सुख्खामय हुँदै गएको छ । यसको प्रभावपनि चरा संरक्षणमा पर्दै आएको छ ।
तराईमा अहिले यस्ता प्राकृतिक सम्पदाको नामोनिसान नै छैन भन्दा पनि हुन्छ । उनीहरूका लागि संरक्षित क्षेत्र बनाउनेतर्फ पनि सरकारको ध्यान गएको छैन । संरक्षणबीदहरू केवल तथ्याँक मात्र प्रस्तुत गरेर संरक्षणको दायित्व पूरा भएको ठान्दछ । अव साँच्चै नै लोप हुनबाट यस्ता सम्पदा बचाउने हो भने सरकारको आँखा खुल्नैपर्दछ । कपिलवस्तुको जगदिशपुर ताल र रूपन्देहीको गैडहवा तालमा साईबेरियाबाट समेत जाडो महिनामा चराहरू आउँछन । तर, अहिले त्यो संख्यामा पनि धेरै कमी आएको छ । अवका दिनमा सरकारमात्रै होइन, प्रदेश सरकार र स्थानीय तहले चरा संरक्षणमा ध्यान दिनु जरुरी छ ।