ट्रेंडिंग:

>> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात

चाडपर्व लक्षित सुरक्षाः नारामात्रै नबनोस्

२४ आश्विन २०८०, बुधबार
२४ आश्विन २०८०, बुधबार

अहिले देशैभरी चाडपर्व लक्षित सुरक्षाको लहर चलेको छ । खासगरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूले आ– आफ्नो जिल्लामा दशैं, तिहार र छठलाई ध्यानमा राख्दै सुरक्षा योजना लागू गरेको बताईरहेका छन । विगतमा पनि चाडपर्व आउनै लाग्दा यस प्रकारका सुरक्षा योजना लागू हुन्थे । सुरक्षा योजना लागू भएपनि नागरिकले असुरक्षाको अवस्थामै बस्नु परेको यथार्थ हामीबाट लुकेको छैन । प्रहरी प्रशासनको दायित्व नै चाडपर्वमा मात्रै नभै हरेक दिन नागरिकलाई शान्तिको अनुभूति दिलाउनु हो । तर, यस्तै बेलामा हत्या, चोरी, डकैती र लूटपाटका घटना हुने गर्दछन् । यसै परिप्रेक्षमा सुरक्षा निकायले चाड लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएका छन । सुरक्षा योजना लागू गरेपनि त्यसलाई कार्यान्वयन गर्ने निकाय र स्थानीय जनताबीच समन्वय हुन जरुरी छ । सुरक्षा निकायको साथ र सहयोग लिएर सुरक्षा योजना पालना गर्नु सबैको कर्तब्य नै हो । चाडवाड शुरु भएपछि घर छाडेर बाहिर जानेको संख्या नेपालमा थुप्रै छ ।

अहिले आन्तरिक पर्यटन फस्टाउन थालेको बेला घर छाडेर घुम्न जानेहरू असुरक्षित हुनुपरेको अवस्था छ । पहिलो कुरा उनीहरू आफ्नै घरमा चोरी, लूटपाटको घटना हुने डरले त्रसित हुने गरेका छन । दोश्रो कुरा गन्तब्यसम्म पुग्दा हुने जोखिमबाट उनीहरू सशंकित बन्नुपर्ने अवस्था छ । शहरदेखि गाउँसम्मै अहिले सुरक्षा योजना लागू हुनुपर्दछ । सीमित सहरी क्षेत्रमा मात्र लागू हुने सुरक्षा योजनाले समग्र जिल्लाको शान्ति सुरक्षा स्थापित हुन सक्दैन । अहिले इ बैकिङ सुरु भैसकेकोले घर जाँदा प्रहरीलाई जानकारी दिने, किनमेल गर्न सपिङ मल, बजार वा अन्य स्थानमा जादा सकभर रकम नलिई जाने बानी बसाल्नु जरुरी छ । लुटपाटबाट जोगिन नगद रकम नबोक्न प्रहरीले आग्रह गरिसकेको छ । चाडवाडमा किनमेल गर्दा विद्युतीय भुक्तानी मार्फत गर्न आग्रह गरेको छ । रकम बोकेर किनमेल गर्दा चोरी हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले समेत नगद रकम नबोक्न आग्रह गरेको छ ।

सुरक्षा योजना लागू भएपछि हामी ढुक्क छौ भन्ने भावना नभै प्रहरीकै सल्लाहमा संगसंगै सुरक्षा व्यवस्था कार्यान्वयन गर्नु स्थानीयको दायित्व पनि हो । बढी भिडभाड हुने क्षेत्रमा बिहान ६ देखि बेलुकी ७ बजेसम्म गस्ती गर्ने , मुख्य चोक, सपिङ मल, गहना पसल, बैक तथा वित्तीय संस्था लगायतका क्षेत्रमा आवश्यकताको आधारमा २४ सै घण्टा प्रहरी परिचान गरिने गरी योजना सार्वजनिक गरिएको छ । तर, त्यो सुरक्षा योजना केवल नारा नबनोस् । यसमा नागरिक समाजको खबरदारी जरुरी छ । प्रहरीले सुरक्षा योजनामा क्विक रेस्पोन्स टिम, सादा पोशाकका प्रहरी परिचालन, साइकल, मोटरसाइकल गस्ती र कालोबजार नियन्त्रण अभियान नै थालेको छ । विगतमा धेरैपटक प्रहरीले सुरक्षा योजना सार्वजनिक गर्ने अनि हरेक दिन चोरी, लुटपाटको घटना भैरहेको देखिएको हो । तसर्थ यसपटक सुरक्षा योजनासंगै प्रहरी प्रशासनले त्यसको प्रभावकारीता तर्फपनि जोड दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?