© २०२३
आज विश्व मुटु दिवस । विश्वमा हरेक सेप्टेम्वर २९ अर्थात असोज १२ गते विश्व मुटु दिवस मनाउने गरिएको छ । ‘मुटुको महत्व जानौं र प्रयोग गरौं’ भन्ने नाराका साथ यो बर्ष मुटु दिवस मनाईदैछ । खासगरि पछिल्लो समय मुटु रोगले विश्वलाई आक्रान्त वनाउँदै लगेको छ र यसको जालो विस्तारै बढ्दै गएको छ । नेपालमा प्रत्येक वर्ष मुटु रोगीहरूको संख्या अप्रत्यासित रूपमा बढ्दै गएको सार्वजनिक भएको छ । मुटु रोगका कारणहरूमा खानपानमा असन्तुलन, अनियमितता, मद्यपान, चिल्लो र बोसोयुक्त खाद्य पदार्थ र धुमपान प्रमुख कारण रहेका छन । त्यसका अतिरिक्त बंशाणुगत कारणपनि मुटुमा समस्या आउने गरेको चिकित्सकहरूको भनाई छ । मुटु सुरक्षा आजको प्रमुख चुनौतिका रूपमा देखापरेको छ । त्यसमाथि नेपालमा अहिले अनेक विषादीयुक्त खाद्य पदार्थको प्रयोग बढिरहेको छ । कुनैपनि वस्तु उत्पादन गर्दा विभिन्न रासायनिक पदार्थ प्रयोग गर्ने क्रम पनि बढिरहेको छ । जसका कारण मुटु रोग लाग्ने क्रम बढेको हो ।
नेपालमा खाद्यान्नमा रासायनिक मलको प्रयोग बढ्दै गैरहेको छ । जसका कारण स्वास्थ्यमा चुनौति बढ्दो छ । मुटु रोगवाट बच्ने उपाय भनेको खानामा सन्तुलन पनि हो । अनेक विषादीयुक्त खानाका वीचमा पनि सन्तुलन आजको आवश्यकता हो । दिवसको पूर्व सन्ध्यामा मुटु रोगवाट उत्पन्न भयावह अवस्थाको विषयमा अहिलेदेखि नै बहस भैरहेको छ । यतिले मात्रै मुटु सुरक्षा हुन सक्दैन । बर्षमा एक दिन मुटु दिवसमा ¥याली गर्ने र त्यसपछि ३६४ दिन स्वास्थ्यमा असन्तुलन गर्ने प्रवृत्तिले मुटु रोगको जोखिम बढाउने निश्चित छ । तसर्थ मुटु सुरक्षा गर्ने हो भने अहिलेदेखि नै सचेतनाको आवश्यक छ । अर्को चिन्ताको बिषय के हो भने ४० बर्षपछिमात्रै मुटु रोग लाग्छ भनिन्थ्यो । तर, अहिले बालबालिकाहरू समेत मुटुको जोखिममा पर्दै गएका छन । विश्वमा अहिले वर्षेनी ५० लाख बढी मानिस मुटु रोगकै कारण मृत्युको मुखमा पर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । त्यसैगरि नेपालमा पनि २० लाख व्यक्ति कुनै न कुनैरूपमा मुटु रोगले पीडित रहेको चिकित्सकहरूको रिपोर्टले देखाएको छ । अतः विश्व मुटु दिवसको पूर्व सन्ध्यामा मुटु रोगवाट वच्न सतर्कता अपनाउने दिशामा हामी सवैको ध्यानाकर्षण हुनु आवश्यक छ ।
पछिल्लोसमय चिकित्सकहरूले मुटुको सुरक्षामा जोड दिएका छन् । अहिलेको मानव स्वास्थ्यको सवैभन्दा पहिलो आवश्यकता भनेको मुटु सुरक्षा हुनुपर्दछ । मुटु मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण छ । मुटु नभए मानव शरीरको कुनै अस्तित्व रहँदैन् । तसर्थ पनि मुटु दिवस मनाउँदै गर्दा मुटुको विषयमा आम नागरिकमा बृहद सचेतनाको आवश्यकता छ । मुटु दिवसलाई औपचारिकतामा मात्रै सीमित नगरौं । मुटु सुरक्षा गर्ने विषयमा हामी सवैको ध्यान जाओस् । सरकारले पनि मुटु रोगीको निशुल्क उपचारको व्यवस्था गरोस् । मुटु रोग लागेको अवस्थामा गरिव नेपाली जनता औषधी समेत गर्न नसक्ने अवस्थामा छन । तसर्थ मुटु रोगको उपचार सरकारले निशुल्क गरोस् । रोग लागेकै अवस्थामा लाखौं खर्च गरेर उपचार गर्ने हैसियत धेरै नेपालीको छैन । पछिल्लोसमय सरकारले स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्छ भन्ने अभियान चलिरहँदा मुटु रोगको उपचार नपाएर कोहीपनि मर्नु नपरोस् । मुटु रोग लाग्नु अघि नै मुटु सुरक्षामा जोड दिऔं । अनिमात्र मुटु दिवस मनाउनुको सार्थकता होला । मुटुको उपचार निकै महंगो छ । सरकारले यो रोग लाग्दा दिने सहयोगको दायरापनि बढाओस् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी