ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

लुम्बिनी प्रदेश लोकसेवा आयोगको हाल बेहाल

४ फाल्गुन २०७८, बुधबार
४ फाल्गुन २०७८, बुधबार

लुम्बिनी प्रदेशमा तीन हजार ९३९ जना कर्मचारीको दरबन्दी छ । ४९७ जनाको अस्थायी दरबन्दी छ । एकहजार १४२ दरबन्दी रिक्त छ ।२०७६ साउन २८ मा गठन भएको प्रदेश लोकसेवा आयोगमा ३० जनाको अस्थायी दरबन्दी प्रदेश सरकारबाट स्वीकृत भैसकेको छ । तर अहिले ८ जना सहायक स्तरका कर्मचारीसहित गरी १६ जनामात्र कर्मचारी छन् ।

0000

प्रदेश र स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न स्थापना भएको लुम्बिनी प्रदेश लोकसेवा आयोग प्रदेश निजामति ऐनको अभावमा बेकामे भएको छ । संघले निजामती कर्मचारी एृन नबनाएकाले प्रदेशले पनि ऐन बनाउन नपाएको हो । ऐन नबन्दा आयोगको काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । आयोगले प्रदेश र स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्ने त परको कुरा, आफ्नै कार्यालयमा समेत कर्मचारी अभाव झेल्नुपरेको छ ।

प्रदेश निजामती सेवा ऐन, प्रदेश प्रहरी सेवा ऐन, स्थानीय सरकारी सेवा ऐन र यससम्बन्धी नियमावली नबन्दा कर्मचारी पदसंख्या निर्धारण र पदपूर्तिमा समस्या देखिएको हो । लुम्बिनी प्रदेश लोकसेवा आयोगका निमित्त प्रमुख चेतमान गिरीका अनुसार संघमा निजामती सेवा ऐन नबनेकै कारण प्रदेशको पदपूर्ति र बढुवा कार्यविधिमा समस्या भइरहेको छ । “कार्यालयमा कर्मचारीको अभावले गर्दा कतिपय कामहरु हुन पाएका छैनन्”–आयोगका प्रवक्ता समेत रहेका गिरीले भने ।

प्रदेश लोकसेवा आयोगमा सचिवको दरबन्दी छ । तर सचिव नभएपछि उपसचिव गिरीले निमित्त भएर कार्य सञ्चालन गर्दै आएका छन् । निजामती ऐन नबनेकै कारण धेरैजसो कर्मचारीहरुले संघीय कार्यालयहरु रोज्ने गरेका छन् । कानुनको अभाव र सर्वोच्चको फैसलाले गर्दा पनि कर्मचारीमा अस्थिरता देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीका प्रवक्ता नरेन्द्रकुमार रानाले बताए । लुम्बिनी प्रदेशमा तीन हजार ९३९ जना कर्मचारीको दरबन्दी छ । ४९७ जनाको अस्थायी दरबन्दी छ । तर, करिब ७० प्रतिशत मात्रै कर्मचारी पदपूर्ति भएको छ । अहिले तीन हजार २९४ जना मात्र कार्यरत छन् । एकहजार १४२ दरबन्दी रिक्त छ ।

२०७६ साउन २८ मा गठन भएको प्रदेश लोकसेवा आयोगमा ३० जनाको अस्थायी दरबन्दी प्रदेश सरकारबाट स्वीकृत भैसकेको छ । तर अहिले १६ जनामात्र कर्मचारी छन् । त्यसमा पनि आठजना सहायकस्तरका छन् । प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्राध्यापक डा. डिलाराम भट्टराईलाई अध्यक्षमा नियुक्त गरेसँगै बुटवलमा आयोगको कार्यालय स्थापना गरिएको हो । तर, आयोग स्थापनाको करिव साढे दुई वर्ष पूरा हुँदा पनि आधारभूत संरचनाका कामभन्दा बढी काम हुन सकेको छैन । प्रदेश र स्थानीय तहका विभिन्न सेवाको पदपूर्ति गर्ने अधिकारसहित स्थापना भएको आयोग आफैँ कर्मचारी अभावको पीडामा छ ।

आयोगका प्रवक्ता गिरीका अनुसार प्रदेश लोकसेवा आयोगले साढे दुई वर्षको अवधिमा कार्यविधि, मापदण्ड, निर्देशिका बनाएर कार्यसम्पादन गरेको छ । आयोगले विभिन्न सेवा, समूह र तहका ४३ वटा पदहरुको पाठ्यक्रम तयार गरेको छ । आयोगले प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय, विभाग तथा कार्यालयहरु, १२ वटै जिल्लाका जिल्ला समन्वय समिति र १०९ वटा स्थानीय तहका विभिन्न पदहरुको पदपूर्ति गर्ने कार्यक्षेत्र हो । तर, आयोगले अहिलेसम्म पदपूर्ति भने गर्न सकेको छैन ।

आयोगले खुलाएको पहिलो विज्ञापनमै ठेस लागेको छ । प्रदेश सरकारको माग बमोजिम ९६ प्राविधिक पदका लागि २०७७ असोज २८ गते आयोगले पहिलो पटक स्वास्थ्य तथा इञ्जिनियरिङ सेवाको अधिकृतस्तरका पदका लागि विज्ञापन खुलाएको थियो । प्रदेश लोकसेवा ऐन, २०७६ को दफा १५ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट इञ्जिनियरिङ र स्वास्थ्य सेवा अधिकृत स्तरका आठौं र सातौं तहका १५५ पदको माग भएको थियो । तर, आयोगले भने आन्तरिक प्रतियोगिता तथा बढुवा हुने पदहरुको संख्या सुरक्षित गरी ९६ पदका लागि मात्रै आवेदन खुलाएको हो ।

विज्ञापन अनुसार १० हजार ३३ जनाको आवेदन परेको छ । तर, सर्वोच्च अदालतमा विज्ञापन विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै यथास्थितिमा राख्न आदेश भएपछि पदपूर्ति रोकिएको आयोगका प्रवक्ता गिरीले बताए । “आयोगले कामको गति अघि बढाउन खोजेको थियो, तर सर्वोच्चमा मुद्दा परेकाले परीक्षा हुन पाएको छैन”– प्रवक्ता गिरीले भने । संघ र प्रदेशको निजामती सेवा ऐन नआएको अवस्थामा कर्मचारी समायोजन ऐन २०७५ को मर्म र भावना विपरीत प्रदेश लोकसेवा आयोगले अधिकृत सातौं तहको विज्ञापन गरेको भन्दै अधिकृत छैठौं तहका कर्मचारीले रिट हालेका थिए ।

प्रदेशका कर्मचारीको पदपूर्ति अधिकृत छैठौं तहबाट गर्नुपर्नेमा सातौं तहबाट सुरु गर्दा देशभरका झण्डै सात हजार छैठौं तहका अधिकृत अन्यायमा पर्ने र प्रदेश सरकारको मापदण्डले तीन तहका कर्मचारीबीच तहगत प्रणालीमा नकारात्मक असर पार्ने अधिकृत शिवकुमार पंगेनीको तर्क छ ।

उनका अनुसार सर्वोच्चले विषय टुंग्याउनासाथ परीक्षा सुरु हुनेछ । आवेदन बुझाएका १० हजार ३३ जना परीक्षार्थी अन्यौलमा छन् । आयोगले श्रेणीविहिन वन रक्षकको १०६ जनाका लागि आवेदन खुलाएको थियो । जसमा ५६ हजारले फाराम भरेका थियो । जसको लिखित परीक्षा भैसकेको छ । त्यस्तै आयोगले अप्राविधिक तर्फ प्रशासन र सामान्य प्रशासन पाँचौ तहका लागि ७ र चौथौ तहका लागि ११ जना गरी १८ जनाको पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो । जसको प्रथम चरणको नतीजा आइसकेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?