ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा
सम्पादकीय

कुरामै सीमित नहोस् प्रकोप नियन्त्रण

१२ श्रावण २०८०, शुक्रबार
१२ श्रावण २०८०, शुक्रबार

अहिले नेपालका विभिन्न स्थानमा बर्षा भैरहेकोले बाढी, पहिरो र डुबानको समस्या देखिएको छ । पहाडमा पहिरो र तराईमा बाढी र डुबानको समस्याले स्थानीय जनजीवन प्रभावित भैरहेको छ । त्यसो त प्राकृतिक विपद् कहाँ र कति बेला जान्छ भन्न सकिन्न् । प्राकृतिक विपद्बाट जोगिन सावधानी अपनाउन सकियो भने क्षति हुनबाट रोक्न सकिन्छ । अहिले देशका विभिन्न स्थानमा गएको पहिरोका कारण पहाडी सडक अधिकांश बन्द अवस्थामा छन् । कालीगण्डकी करीडोर केही दिनदेखि अवरुद्ध छ । बुटवल पाल्पा सडक खण्डपनि असुरक्षित छ । सिद्धबाबा सुरुङ मार्गको अघिल्लो भाग पहिरोले क्षतिग्रस्त बनाएको छ । पहाडमा पहिरोको समस्या बर्षौंदेखि कहिल्यै समाधान नहुने रोग बनेको छ । यता तराईमा पनि यही समस्या छ । प्राकृतिक प्रकोपले बाढी र डुबानको समस्यामात्रै निम्त्याएको छैन, त्यो संगै जोडिएका अन्य धेरै बिषयले प्रभाव पारेको छ । भू–क्षय तराईमा अर्को गंभीर समस्याका रूपमा छ । खोई समाधान ? बर्षौ भैसक्यो नेपाल सरकार आफ्नो जमिन सुरक्षित गर्न सक्दैन । बाढी, पहिरो, आगलागी लगायतका विपद् जुन बेला जहाँ पनि हुन सक्छ । विशेषगरी बाढी र पहिरोका कारण हुन सक्ने जनधनको क्षतिलाई रोक्न सकिन्न । तर, सम्भावित जोखिमलाई भने रोक्न सकिन्छ । पहिलेदेखि नै पूर्वाधार निर्माणमा ध्यान दिने हो भने यो समस्या धेरै हदसम्म रोक्न सकिन्छ । नेपालमा बेला बेलामा ठूला पहिरो र बाढीले बितण्डा निम्त्याउँदा समाधानका लागि प्रयास नगरिएको होइन तर त्यो पर्याप्त भएन भन्ने कुरा हो ।

प्राकृतिक प्रकोपसंगै जोडिएको अर्को सम्बवेदनशील बिषय भूकम्प पनि हो । १९९० साल माघ २ मा गएको भूकम्प र २०७२ सालमा गएको विनाशकारी भूकम्पले जन–धनको ठूलो क्षति पुग्यो । भूकम्प जाँदा कमजोर संरचनाकै कारण नागरिकले ज्यान गुमाउन पुगे । बलियो संरचना भएको क्षेत्रमा भूकम्पले कम भन्दा कम क्षति ग–यो । बाढी पहिरोले जस्तै भूकम्पले पनि कमजोर भवन संरचना भत्केर ठूलो जन–धनको क्षति हुने गरेको इतिहास हामीले देखेकै छौं । भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र सुरक्षित भवन निर्माण गर्न नेपालको राष्ट्रिय भवन संहिता कार्यान्वयन गर्नुपर्ने जरुरी छ । राष्ट्रिय भवन संहिता परिपालना गरी भवनको नक्सा डिजाइन स्वीकृति वा नक्सापास गर्ने र सोही नक्सा बमोजिम गुणस्तरीय ढंगले भवन निर्माण गरी भवनसंहिता कार्यान्वयन गर्न गर्नुपर्छ । स्थानीय तहहरूले भवनसंहिता कार्यान्वयन गर्ने र संघ, प्रदेशले आवश्यक सहयोग, सहजीकरण, अनुगमन मूल्यांकन, नियमन गर्दै आएको छ । तर, प्रकोपबाट बच्न पालिकाहरूले भवनसंहिता लागू गरेपनि त्यसको कार्यान्वयनमा भने ढिलासुस्ती हुने गरेको पाइएको छ । यो बिषयमा पालिकाहरूको ध्यान जानु जरुरी छ । भोली भुकम्पजन्य प्रकोपको अवस्थामा क्षति भयो भने त्यसको जिम्मेवारी कसले लिने ? तसर्थ प्राकृतिक प्रकोपजन्य बिषयमा पालिकाहरूले समेत खेलवाड गर्नुहुँदैन । स्थानीय तहमा अझैपनि राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । अहिले पनि मापदण्डविपरीतका घर तथा भवन निर्माण भइरहेका छन् ।

स्थानीय तहहरूमा प्राविधिक जनशक्तिको कमी, घरधनीमा जनचेतनाको अभाव, निर्माण कालिगढमा आवश्यक दक्षता नहुने, निर्माण सामग्री र निर्माण कार्यको गुणस्तर नियन्त्रणमा हुन नसक्दा भवन संहिताको कार्यान्वय फितलो बनेको छ । नेपालको पश्चिम क्षेत्रमा अझै भूकम्प जाने जोखिम कायमै रहेको छ । तसर्थ पश्चिम क्षेत्रका पालिकाहरूले भवन संहितामा विशेष जोड दिनु जरुरी छ । सत्य के हो भने पहिरो, बाढी र डुबान अनि भुकम्प कहिल्यै अन्त्य नहुने दिर्घकालीन समस्या हुन । यसबाट हुने क्षति कम गर्ने कुरा महत्वपूर्ण हो । तसर्थ बर्षा अगावै प्राकृतिक प्रकोपबाट बच्न तीनै तहका सरकारले गंभीरता देखाउनु जरुरी छ । बर्षौदेखिको यो समस्या कुरामै सीमित नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?