ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

‘विद्यार्थीमा कसरी सिकाइ भर्ने भन्ने मुद्दामा हाम्रो ध्यान केन्द्रित छ’

१७ माघ २०७८, सोमबार
१७ माघ २०७८, सोमबार

रुपन्देहीको मात्र नभएर राष्ट्मै नाम कमाउदै गएको विद्यालयको रुपमा कान्ति माध्यमिक विद्यालय, बुटवल परिचित छ । विद्यालयमा समुदायको आकर्षण बढ्दै जाँदा प्रत्येक वर्ष विद्यार्थीको चाप बढद्ै जादा थप विद्यार्थी भर्ना गर्नका लागि विद्यालयलाई हम्मेहम्मे हुँदै गएको छ । विद्यालयले अहिले लुम्बिनी प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा सुविधासम्पन्न विद्यालय भवन र छुट्टाछुट्टै दुई वटा छात्र र छात्राको छात्राबास निर्माण गरिरहेको छ ।

उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा हेमानन्द शर्मा छन् । काममा निरन्तर खट्ने शर्मा विद्यालयलाई कसरी भौतिक रुपमा सवल बनाउने बिषयमा चिन्तित देखिन्छन अनि काम पनि गरिरहेका छन् । प्रस्तुत छ, शैक्षिक र अतिरिक्त क्रियाकलापका माध्यमबाट कसरी विद्यार्थीमा सिकाइ भर्ने भन्ने मुद्दामा विद्यालयलाई केन्द्रित गर्ने प्रतिबद्दता जनाएका शर्मासँग बुटवल टुडेले गरेको कुराकानीको सारसंक्षेप,

कान्ति माध्यमिक विद्यालयलाई कसरी चिनाउनु हुन्छ ?
हाम्रो सामुदायिक विद्यालय हो । शिक्षाको गुणस्तरमा विस्तारै विस्तारै अघि बढिरहेको विद्यालय हो । शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि अरु विद्यालयसँग प्रतिप्रर्धामा रहेको विद्यालय पनि हो ।

कान्ति मावि देशमै उत्कृट विद्यालय मध्येमा हो भनेर पनि परिचित छ । यसो हुनुमा विद्यालयको शैक्षिक र अतिरिक्त क्रियाकलापका गतिविधिले महत्व राख्दछ भन्ने मलाई लाग्दछ । विद्यालयमा सबै खालका बालबालिकाको पहुँच छ । हामीले सबैलाई समेट्ने प्रयासमा छौ । तर पनि विद्यालयको भौतिक संरचना अपुग हुँदा धेरै विद्यार्थीहरु यहाँ आएर पनि अध्ययन गर्न सक्नु भएको छैन ।

हामीले शिक्षक, विद्यार्थी र अभिभावकको चाहनालाई व्यवस्थापन समितिले बुझेर सहकाय गर्ने गरेका छौ । त्यसैको फलस्वरुप हुनुपर्छ हामी समुदायको रोजाईमा पर्दै गएका छौं । हामीले पछिल्लो समयको आवश्यकतालाई बुझेर अध्ययन गराईरहेका छौ । हामीले अनुशासित, योग्य र राष्ट्रका लागि चाहिने विद्यार्थी उत्पादन गर्ने विद्यालयको रुपमा हाम्रो विद्यालयलाई चिनाउन चाहान्छु ।

विद्यालयलाई राम्रो बनाउन व्यवस्थापन समितिको भुमिका कस्तो हुन जरुरी छ ?
विद्यालयका लागि व्यवस्थापन समिति भनेको एउटा अंग हो । यसले काम गर्न सकेन भने विद्यालय सफल हुन सक्दैनन् । त्यसैले पनि व्यवस्थापन समितिको भुमिका भेरै रहन्छ । विद्यालयलाई कसरी भौतिक रुपमा सम्पन्न बनाउने ? शिक्षक कर्मचारीकालाई कसरी उत्कृष्ट काम गर्न सक्ने बनाउने ? भन्ने पनि व्यवस्थापन भित्र पर्दछन् । हामीले पनि विद्यालयलाई सबल बनााउन धेरै किसिमका योजानाहरु बनाएर काम गरिरहेका छौ । त्यसमा शिक्षक कर्मचारी अभिभावक सबैको साथ बलियो छ ।

विद्यालयको राम्रा पक्षको विकास कसरी गर्नुभयो ?
हामीले पहिलो कुरा विद्यालयका भौतिक संरचनादेखि शिक्षक कर्मचारीको क्षमतालाई विकासमा जोड दिएका छौ । शिक्षकहरुलाई विभिन्न समयमा तालिम गोष्ठीको आयोजना गरेर सकारात्मक उर्जा प्रदान गर्ने । हाम्रो विद्यालयमा व्यवथापन समिति, शिक्षक र अभिभावको साझा उद्देश्य विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषय छलफलबाट निष्कर्ष निकालेर काम गर्ने वातावरण छ । त्यसै गरी विद्यार्थीलाई कसरी राम्रो शिक्षा दिएर भोलीका दिनमा देशलाई चाहिने जनशक्ति उत्पादनमा हाम्रो जोड रहन्छ र हामी त्यसमा प्रयत्नशील छौं ।

विद्यालयको तहगत सिकाई उपलब्धीको समिक्षा गर्दा कुन विषयको समिक्षा गर्दा कुन विषय राम्रो र कुन विषय कमजोर देखिएको छ ?
हाम्रो विद्यालयमा त्यस्तो कमजोर विषय भन्ने खासै छैनन् । तर पनि संमग्र शिक्षा प्रणाली हेर्दा हाम्रो विद्यालयमा पनि अंग्रेजी, गणित विषय र विज्ञानमा सुधार गर्नुपर्ने पक्षहरु छन् नै । त्यसलाई पनि व्यवस्थापन समितिले शिक्षकहरुलाई विद्यालयको समय भन्दा पनि बढि समय दिएर भए पनि सिकाई उपलब्धीलाई बढाउनमा सहयोग गर्ने वातावरण बनाएका छौ । त्यस काम बापतको हामीले शिक्षकलाई सन्तुष्ट बनाएका छौ । त्यसका साथै शिक्षकहरुले विद्यार्थी कुन विषयमा कमजोर छ । उनिहरुका अभिभावकलाई जानकारी गराएर घरमा पनि सिकाईको वातावरण निर्माण गर्न समितिले आग्रह गर्ने गर्दछ ।

विद्यालयमा तपाईले चाहेको तर गर्न नसकेका कामहरु छन् कि ?
पहिलो कुरा विद्यालयलाई भौतिक रुपम सुविधा सम्पन्न बनाउने उद्देश्य छ । अहिले प्रदेश सरकार र संघीय सरकारको लगानीमा २० करोडको छात्रावास सहितको विद्यालय भवन बनिरहेको छ । यो सम्पन्न भएपछि विद्यालयको भौतिक रुपमा अनुहार नै फरक देखिनेछ । अझै पनि विद्यालयमा विद्यालयकै लागि सभाहल, खेलमैदान व्यवस्थापन गर्ने, बगैचा बनाउने, कम्पाउण्ड वाल लगाउने र साना कक्षाका बालबालिकालाई सहयोग पुग्ने गरी स्कुल बस/भ्यानको व्यवस्थापन गर्नपर्छ भन्ने बिषय खड्किरहेको छ । पुस्तकालय व्यवस्थापन र प्रयोगशालालाई आधुनिकीकरण गर्नुपर्ने बिषय पनि छन् ।

शिक्षक, कर्मचारीहरुलाई समय अनुसार प्रविधिमा सबल बनाउने काम जारी छ । अहिलेको समयमा विद्यार्थी विद्यालयमा भौतिक रुपमा अध्ययन गराउन नपाए पनि उनीहरुलाई अनलाईन मार्फत भए पनि पठनपाठनको वातावरण बनाउनमा विद्यालय परिवार लागि परेको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
यो विद्यालय यस क्षेत्रको मात्र नभएर देशकै राम्रो विद्यालयका रुपमा रहेको गहना हो । यसलाई अझै राम्रो बनाउन स्थानिय स्तरका बुद्धिजिवी वर्ग, शिक्षा प्रेमी, स्थानिय तह सबैको साथ र सहयोग रह्यो भने हामीले यो विद्यालयलाई भोलीका दिनमा गौरव गर्ने विद्यालयको रुपमा स्थापित गर्न सक्छौ ।

यसलाई सुन्दर बनाउन सबैको साथ र सहयोगका साथै सुझावको खाँचो रहन्छ । यो विद्यालयलाई यहाँसम्म ल्याउनमा मिहिनेत गर्ने विद्यालयका शिक्षक र कर्मचारीको मिहिनेतबाट नै संभव भएको हो । त्यसमा अभिभावक, विद्यालय व्यवस्थापन समिति र सहयोग गर्नुहुने सबै प्रति विद्यालय परिवारका तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु । र आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?