ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

दोस्रो चरणको काम रोक्न चलखेल

१६ माघ २०७८, आईतवार
१६ माघ २०७८, आईतवार

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि दोस्रो चरणको काम अझै सुरु भएको छैन् । पहिलो चरणको काम सकिएर विकानस्थल उडानका लागि तयारी अवस्थामा छ र अव क्यालिब्रेसन फ्लाईट पर्खिरहेको छ । तर दोस्रो टर्मिनल बिल्डिङका लागि अघिल्लो सरकारले अघि बढाएको तयारी अहिले भने अलपत्र छ ।

विमानस्थल बिस्तार आयोजनाका लागि अहिलेसम्म विमानस्थल निर्माणका लागि करिव ३१ अर्व रकम खर्च भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूलो टर्मिनल भवन बनाउने योजना बनाएर काम अगाडि बढाएका थिए । त्यसबेलाका पर्यटनमन्त्री योगेश भट्टराईकै अगुवाईमा दोस्रो टर्मिनलका लागि डिजाईन समेत तयार भएको थियो ।

तर अहिलेको सरकारले भने दोस्रो चरणको काम अगाडि नबढाउने तयारी गरेको विमानस्थल बिस्तार आयोजनाका अधिकारीहरु बताउँछन् । विमानस्थलमा दोस्रो टर्मिनल भवन (टि २), एप्रोन लगायतका पूर्वाधार निर्माणका कामलाई दोस्रो चरण भन्ने गरिन्छ ।

गत पुसमा भैरहवा आएको बेला पुर्व अर्थमन्त्री पौडेलले दोस्रो चरणको काम तत्काल अघि बढाउन आग्रह गरेका थिए । विमानस्थलको दोस्रो चरणको काम गर्नका लागि एसियाली विकास बैक सात अर्व रुपियाँ लगानी गर्न तयार रहेको उनले जानकारी दिए । विमानस्थलको दोस्रो चरणको काम कुनै पनि हालतमा रोक्न नहुने पौडेलले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले भने पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पर्यटनमन्त्री प्रेम आलेलाई दोस्रो चरणको काम रोक्न निर्देशन दिएको बताएको छ । “दोस्रो चरणको डिजाइनमै त्रुटी छ, तसर्थ यो काम अघि बढाउनु हुँदैन, यसलाई तत्काल रोक्नुपर्छ”–नेपालको भनाई उद्धृत गर्दै प्राधिकरणका एक अधिकारीले भने ।

निवर्तमान अर्थमन्त्री रहेका पौडेलले चालु आर्थिक वर्षमा विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणका लागि तीन अर्व ५४ करोड रुपियाँ बिनियोजन गरेका थिए । तर अहिले भने अर्थमन्त्रालयले विमानस्थल सञ्चालनमा नआएसम्म दोस्रो चरणको काम अगाडि नबढाउन निर्देशन दिएपछि काम रोकिएको छ । भैरहवामा नयाँ टर्मिनल भवन आवश्यक पर्ने र यसलाई रोक्न नहुने प्राधिकरणका एक पुर्व महानिर्देशकको भनाई छ ।

२०७५ सालमा नेपाल नागरिक उड्यन प्राधिकरणले हाल निर्माण भएको १५ हजार वर्ग मिटरको टर्मिनल भवनबाट अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्न अप्ठ्यारो हुने भएकाले नयाँ टर्मिनल भवन बनाउनु पर्ने निष्कर्ष निकालेको थियो । उक्त निष्कर्षका आधारमा अर्थमन्त्रालयले विमानस्थलको दोस्रो चरणको काममा सहयोग गर्न एडीबीसँग आग्रह गरेको थियो । एडीबीले विमानस्थलमा ६४ मिलियन डलर (करिब ७ अर्ब ६३ करोड रुपियाँ) लगानी गर्ने सम्झौता पनि गरेको छ ।

एडीबी र प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवव आयोजनाले दोस्रो चरण बिस्तार गर्दा विमानस्थलमा के कस्तो काम गर्ने भन्ने अध्ययन गरेका थिए । दुबै पक्षको सहमतिमा विमानस्थलमा नयाँ टर्मिनल भवन, थप विमान पार्किङका लागि एप्रोन, विमानस्थलको बाहिर कार पार्किङस्थललगायतका संरचना बनाउने निष्कर्ष पनि निकालिएको थियो ।

सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न ९७ मिलियन डलर (करिब ११ अर्ब ५७ करोड रुपैयाँ ) लाग्ने, त्यसमा एडीबीले ६४ मिलियन डलर खर्च गर्ने र बाँकी ३३ मिलियन डलर (करिब ३ अर्ब ९३ करोड रुपैयाँ ) नेपाल सरकारले खर्च गर्नु पर्ने सहमतिअनुसार एडीबीले नेपाललाई सहयोग गर्ने सम्झौता पनि गरेको थियो । एडीबीले लगानी सम्झौता गर्नुपूर्व टर्मिनल भवनको वित्तीय तथा आर्थिक सम्भाव्यता अध्ययन गरेको थियो ।

आयोजना प्रमुख प्रवेश अधिकारीले अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ नयाँ टर्मिनल भवन निर्माण गर्ने गरी योजना बनेकोमा अहिले काम रोकिएको बताए । आयोजना प्रमुख अधिकारीका अनुसार टर्मिनल भवनमा छ वटा एरोब्रिज रहने गरी डिजाइन समेत तयार भैसकेको अवस्थामा काम रोकिएको हो ।

“एरोब्रिज सुविधा भएको टर्मिनल भवन बन्ने हो भने संभवतः यो नेपालमै पहिलो हुन्छ, तर बन्ने नबने अझै टुंगो छैन”–आयोजना प्रमुख अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?