ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

निःशुल्क प्राविधिक शिक्षा पढ्दै छोरीहरु

२८ पुष २०७८, बुधबार
२८ पुष २०७८, बुधबार

तुलसीपुर उपमहानगरपालिका ६ की पुजा गुरुङ्गले महेन्द्र मावि तुलसीपुरबाट एसईई दिइन् । सानै उमेरमा बुबा गुमाएकी पुजालाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो । आर्थिक कारणले सोचेको कुरा पढ्न पाइदैन की भन्ने चिन्ता बढ्दै गइरहेको थियो । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई निशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएपछि मेरो प्राविधिक शिक्षा पढ्ने सपना पुरा भएको छ । कुशल खाद्य विज्ञ वन्ने सपना देखेकी पुजाले तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एण्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छिन् ।

तुलसीपुर ४ रक्षाचौरकी खुसी परियारको सानैदेखि कृषि विज्ञ वन्ने सपना थियो । उनको सपना पनि अहिले साकार भएको छ । “निशुल्क रुपमा आफुले चाहेको विषय पढ्न पाउँदा असाध्यै खुसी छुँ” उनले खुसी व्यक्त गरिन् । वालमितेरी मावि भोजपुरबाट एसईई दिएकी अरुणा चौधरीको मेकानिकल इन्जिनियरिङ्ग पढ्ने सपना पनि यतिवेला सार्थक भएको छ । “बाबा आमाले पढ्न सकिदैन भन्नु भएको थियो तर पूर्ण छात्रवृत्ति पाएपछि अहिले पढ्न सम्भव भएको छ” चौधरीले भनिन् । तुलसीपुर ३ की आइसा ढकालको इलेक्ट्रिकल इन्जिनियरिङ्ग पढ्ने सपना पनि सार्थक भएको छ । “३ वर्ष पढेर आत्मनिर्भर वन्न सकिन्छ भन्नेमा ढुक्क छुँ” ढकालले खुसी व्यक्त गरिन् । यी केही प्रतिनिधि खुसी मात्रै हुन् । दर्जनौ छोरीहरुले यतिवेला प्राविधिक विषयको अध्ययन गरिरहेका छन् । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रकारुपमा विकास गर्ने लक्ष्यका साथमा स्थानीय सरकारले शिक्षालयको स्थापना गरेको हो । शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरेका पालिका भित्रका सबै छात्राहरुलाई निशुल्क अध्यापन गराउँने गरिएको शिक्षालयका प्रमुख वसन्त आचार्यले जानकारी दिए । आचार्यका अनुसार निशुल्क पढ्ने सबै छात्राहरुको शुल्क भने पालिकाले तिर्ने गरेको छ ।

उपमहानगरपालिकाले छात्रवृत्ति दिएर अहिले १ सय छात्राहरुले शिक्षालयमा विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको पनि आचार्यले वताए । “सामुदायिकमा पढ्ने जुनकुनै छात्राले अध्ययन गर्न चाहेपनि हामीले पूर्ण छात्रवृत्ति दिने गरेका छौँ” उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए । उनले छात्रवृत्ति दिन थालेपछि प्राविधिक शिक्षा पढ्ने छात्राहरुको संख्या उल्लेख्यरुपमा बढेर गएको पनि बताए । “हामीले छात्रवृत्ति दिनुभन्दा पहिले यहाँ प्राविधिक शिक्षा अध्ययन गर्ने छात्राको संख्या निकै न्युन थियो” प्रमुख भण्डारीले भने । उनले सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्राहरुलाई निशुल्क प्राविधिक विषय अध्यापन गराउन थालेदेखि सामुदायिक विद्यालयमा छात्राहरुको संख्या बढेर गएको समेत वताए ।

नगरप्रमुख घनश्याम पाण्डेले छोरीहरुले प्राविधिक शिक्षा अध्ययन गरेमा अरुको मुख ताक्नुनपर्ने बताउछन् । नगरले छोरीहरुलाई स्मार्ट वनाउनका लागि शिक्षामा जोड दिएको पनि बताए । “छोरीहरुलाई आत्मनिर्भर वनाउनका लागि मुख्य गरेर सीपमुलक शिक्षामा ध्यान दिनुपर्नेछ” नगरप्रमुख पाण्डेले भने । उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारकै पहलमा शिक्षालयको स्थापना गरेको बताए । आजको जमानामा प्राविधिक शिक्षाले बेरोजगारीको समस्या अन्त गर्न सक्ने भन्दै नगरप्रमुख पाण्डेले विभिन्न संघसंस्थासँग सहकार्य गरेर छोटो अवधिको तालिम समेत सञ्चालनमा पालिकाले ध्यान दिएको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?