ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 
सम्पादकीय

बैदेशिक रोजगारीको बिकल्प देउ

२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

चालु आर्थिक वर्षको असार १६ गतेसम्म अहिलेसम्मकै धेरै सात लाख ४० हजार बढी युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन । यो पछिल्लो ६ महिना यताकै धेरै श्रम स्वीकृति हो । नेपालमा कोभिड पछाडि रोजगारीको अवसर गुम्दै गएको छ । युवाहरु कामको खोजीमा विदेशिनेहरूको संख्या बढेको छ । युवा जति सवै विदेश पलायन भएपछि नेपालमा बस्ने बालबालिका र बुढाबुढी मात्रै हुने हो कि भन्ने चिन्ताजनक अवस्थाको संकेत देखिने अवस्था छ ।

त्यसो त नेपालमा माओवादीको सशस्त्र युद्ध चर्किएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ यता वैदेशिक रोजगारीमा जानेको संख्या फेरि बढ्न थालेको हो । गत वर्ष ६ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक लाखभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन् । नेपालमा कामको सम्मान नहुँदा पनि युवाहरू कामको खोजीमा विदेशिने क्रम बढेको बिश्लेषण गरिदैछ ।

वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुकहरू गइरहेका छन् । पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ । नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् तर आन्तरिक श्रम बजारमा सबैले रोजगारी पाउने अवस्था छैन । जसको असर बैदेशिक रोजगारीमा दवाव परेको छ । पछिल्लोसमय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सार्नु जरुरी छ । त्यसै त कोरोना कहरका कारण हजारौं युवाले रोजगारी गुमाएका छन । भारत तथा तेश्रो मुलुकबाट आएका युवालाई रोजगारसंग जोड्ने कुरा जसरी उठेको थियो, त्यो विषय त्यति सजिलो रहेन, जसका कारण त्यो योजना शून्य जस्तै भएको छ ।

खासगरी युवालाई श्रमसंग जोड्न सकेमात्र देश विकास हुन्छ भन्ने आम मान्यता छ तर त्यो मान्यता स्थापित गर्न गरिनुपर्ने कामको विषयमा भने सम्वन्धित निकाय बेखबर हुने गरेको छ । युवालाई देशको मेरुदण्ड, खम्बा तथा कर्णधार आदि विभिन्न नामले सम्बोधन गरिन्छ तर मुलुक हाँक्ने जिम्मेवार दल र निकायले भने युवालाई आफ्ना विभिन्न सङ्गठन दस्तामा प्रयोग गर्दै आएका छन्, जसका कारण उनीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दलहरुको गोटी वनेर समय बर्बाद गरिरहेका छन । युवाशक्तिलाई राष्ट्र निर्माणका कार्यमा लगाउनु पर्नेमा गलतरुपमा प्रयोग गरिँदै आएको छ ।
बैदेशिक रोजगारीका लागि अहिले भैरहेको युवा पलायन रोक्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । तर, सरकारका लागि बैदेशिक रोजगारीको पलायन रोक्ने कुरा त्यति सहज छैन । पहिले युवालाई यहीँ नेपालमै रोजगारीको अवसर दिएपछि मात्रै बैदेशिक रोजगारी नियन्त्रण हुन सक्छ । त्यसका लागि नेपालको आर्थिक अवस्था सुदृढ हुनु जरुरी छ । नीजि क्षेत्र बलियो हुनु त्यत्तिकै आवश्यक छ । तर, त्यो तत्काल संभव छैन । फेरीपनि नेपालका लागि बिदेश पलायन रोक्ने कुरा एकादेशको कथा जस्तै हुने संभावना छ ।

नेपालमा रोजगारी र अवसर नभएकै कारण युवाशक्ति विकल्पमा लागूपदार्थको दुव्र्यसनमा फस्दै गएका छन । त्यसका कारण देशमा आपराधिक गतिविधि बढ्दो छ । बढ्दो बेरोजगारीकै कारण ग्रामीण भेगमा होस् वा सहर बजारमा लागूपदार्थ दुव्र्यसन बढ्दो छ । कयौं युवा काम नपाएपछि जुवा, तास र नशालु पदार्थको लतमा छन् । नेपालको पछिल्लो अवस्था यस्तो छ । तसर्थ अव नेपाली युवालाई रोजगारीसंग जोड्नु जरुरी छ । बार्षिक ५ लाख बढी रोजगारी सिर्जना हुनसक्यो भने मात्र नेपालमै युवाहरुले अवसर पाउनेछन । अतः विदेश पलायन रोक्न नेपालमै अवसरको खोजी गर्नु जरुरी छ । अहिले देखिएको विदेश पलायनको बढ्दो ग्राफले नेपालको अवस्था चिन्ताजनक छ भन्ने देखाउँछ । अव यसको दिर्घकालीन समाधानको खोजीमा लागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?