© २०२३
अर्थमन्त्रीमा पुनः नियुक्त भएका विष्णु पौडेलले पदभार सम्हालेका छन् ।
सपथ ग्रहणपश्चात अर्थमन्त्री पौडेलले तीन अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्ने निर्णय गरेका छन् ।
त्यसरी अक्सिजन प्लान जडान हुनेमा डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगंज रहेका छन् । अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय भएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेको बेला महामारी रोकथाम, उपचारमा सहयोग पुगी समग्र अर्थव्यवस्थालाई पुनःउत्थान गर्न यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।