© २०२३
अक्सिजनको अभावका कारण कोरोनाका बिरामीको मृत्यु हुन थालेपछि रुपन्देहीमा नेपाली सेनाको हेलिकप्टरबाट अक्सिजन झारिएको छ ।
नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले ४१ वटा अक्सिजन सिलिण्डर भैरहवा विमानस्थल ल्याएको हो ।
ति अक्सिजन सिलिण्डर भैरहवाको भीम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको छ । ति अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ ।
अक्सिजन आपूर्ति ढिलाइ हुँदा रुपन्देहीमा बुधबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
रुपन्देहीका प्रजिअ अस्मान तामाङले अक्सिजन अभावका कारण अस्पतालमा बिरामीहरूको ज्यान जोखिममा परेपछि हेलिकप्टरबाटै भए पनि अक्सिजन सिलिण्डर रुपन्देही ल्याइएको जानकारी दिए ।
उनका अनुसार रुपन्देहीको उत्पादनले धान्न नसकेपछि तत्काल समस्या समाधान गर्न अक्सिजन सिलिण्डर ल्याइएको हो ।
बुधबार बाराको सिमराबाट र चितवनबाट ४१ थान सिलिण्डर नेपाली सेनाले ल्याएको र थप एक सय सिलिण्डर बिहीबार बिहान ल्याइने तयारी छ ।
हेलिकप्टरमार्फत् ल्याइएका सिलिण्डर लिन र नगरपालिकाका खाली सिलिण्डर लिएर बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी आफै भैरहवाको गौतमबुद्ध विमानस्थल पुगेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी