© २०२३
रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि आफ्नो गाडी कोरोना संक्रमित बिरामी बोक्नका लागि प्रयोग गर्न शुरु गरेका छन ।
कोरोना संक्रमितलाई छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले कोरोना संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरिएको उपाध्यक्ष अमृता गुरुङले जानकारी दिइन ।
सियारी गाउँ पालिका अध्यक्ष अयोध्या थारू र उपाध्यक्ष अमृता गुरुङले प्रयोग गर्दै आएको लु १ झ ३७७ र लु १ झ ५०४ नम्बर सवारी साधनलाई कोरोना संक्रमित बिरामी बोक्न प्रयोग गरिएको हो ।
रुपन्देहीमा यसअघि विहिबारै तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरले आफूले प्रयोग गर्दै आएको गाडी कोरोना संक्रमित बोक्न प्रयोगमा ल्याएका थिए ।