© २०२३
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा अहिले सम्म मृत्यु हुनेको संख्या २ सय पुगेको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ । संक्रमितहरु मध्ये २५ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने ७३ प्रतिशत निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये २ प्रतिशतको मात्र मृत्यु भएको छ ।
२४ घण्टामा रुपन्देहीमा ४ सय ४३ जना संक्रमित थपिएका छन् । जसमध्ये सबै भन्दा बढी बुटवल उपमहानगर पालिकामा मात्र ९१ जना महिला र १ सय १४ जना पुरुष गरि २ सय ५ जना संक्रमित देखिएका छन् । यसै गरि सिद्धार्थनगर नगर पालिकामा २१ महिला र ४४ पुरुष गरि ६५ जना, तिलोत्तमा नगरपालिकामा ३६ महिला र ३६ पुरुष गरि ७२ जना, देवदह नगरपालिकामा ६ जना महिला र १७ जना पुरुष गरि २३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीको सम्मरीमाई गाउँपालिका बाहेक अन्य सबै १५ वटै स्थानिय तहमा संक्रमित देखिएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी