© २०२३
लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चार जनाले सर्वोच्च अदालतमा रिट दायर गर्ने जनाएका छन् ।
जनता समाजवादी पार्टीका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे कानूनी उपचारका लागि भन्दै अदालत जाने जनाएका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै ति चार जना प्रदेश सभा सदस्य प्रदेश सरकारमा मन्त्री बनेका थिए ।
विहिवार प्रदेश सभा सचिवालयले जसपाको संसदीय दलको निर्णय अनुसार चारै जना सांसद पदमुक्त भएको सुचना निकालेको थियो ।
चार सांसद पदमुक्त भएको सूचना आएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले प्रदेश सभाका सभामुखलाई पत्र पठाएर चार जनालाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको उल्लेख गरेका थिए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
सचिवालयले सूचना निकालेपछि सर्वोच्च अदालतमा रिट दायर गर्न आफूहरु काठमाण्डौ पुगेको सन्तोषकुमार पाण्डेले बताए । प्रदेश सभा सभामुख र सचिवलाई निकाल्ने अधिकार नभएको उनिहरुको भनाई छ ।
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक अहिले सम्म नबसेको हुँदा बैठक नै नबसिकन गरिएको कार्वाही गैरकानूनी भएको उनिहरुले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी