© २०२३
लुम्बिनी प्रदेशमा ६ सय ६९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।
लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङक अनुसार हालसम्म १२ वटा जिल्लामा ६६९ स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् भने ६४८ जना संक्रमण मुक्त भएका छन् ।
सबै भन्दा बढि बाँकेका स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने हाल दुई जना स्वास्थ्यकर्मीहरु मात्र सक्रिय संक्रमित रहेका छन् ।
१५९ जनामा संक्रमण फैलिएको थियो भने १५७ जना निको भइसकेका छन् । उच्च स्वास्थ्यकर्मी संक्रमण भएको दोस्रो जिल्ला रुपन्देही रहेको जसमा ११३ जना संक्रमित भएका थिए ।
११२ जना संक्रमण मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
हाल प्रदेशमा १६ जना सक्रिय संक्रमित रहेका छन् भने ५ जना स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ ।