© २०२३
नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले संघीय शासन प्रणालीको व्यवहारिक अभ्यास गर्दै अघि बढिरहेका छन् । तहगत सरकारले जनताप्रति जवाफदेही र जिम्मेवार हुँदै गरेका कामले संविधान कार्यान्वयनको महत्वपूर्ण काम सहजै अघि बढिरहेको छ । संविधान कार्यान्वयन हुँदै अघि बढ्दा संघीय शासन प्रणाली विधिवत रुपमा संस्थागत हुने मार्गप्रशस्त भएको छ । नागरिकका समस्या र चाहना पूरा गर्न तहगत सरकार दृढसंकल्पित छन् । संघीयता कार्यान्वयनको तीन वर्ष पूरा हुँदै गर्दा शासन प्रणालीप्रति नागरिकको अपनत्व बढेको छ । संविधानले तीन तहका सरकारहरुबीच सहअस्तित्व, समन्वय, र सहकार्यको परिकल्पना गरेको छ ।
प्रत्येक तहका एकल सहित साझा संवैधानिक अधिकार र दायित्वहरु पूरा गर्न बुझाई र काममा एकरुपता, आपसी सामञ्जस्यता र सहकार्य अझै बढाउन जरुरी छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन अझ व्यवस्थित र प्रभावकारी गर्न हामी ध्यान दिइरहेका छौं ।
शून्यबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार यतिखेर नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुगेको छ । नागरिकको विकासका आकांक्षा पूरा गर्न प्रदेश सरकार महत्वपूर्ण खम्बाका रुपमा स्थापित हुन सफल भएको छ । गएको वर्ष हामी प्रदेशको राजधानी र नाम सबैले अपनत्व महशुस गर्ने गरी विवादरहित ढंगले टुंगो लगाउन सफल भएका छौं । प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका घोषणा गर्दै हाम्रो प्रदेशले संघीय शासन प्रणालीको मर्मलाई आत्मसात गर्न सफल भएको छ । हामी विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं ।
नागरिकलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन र संक्रमितको उपचारका लागि तहगत सरकार अहोरात्र खटिएका छन् । राज्यले संक्रमण नियन्त्रणका लागि चालेका कदमलाई प्रभावकारी बनाउन नागरिकले गरेको सहयोग र हातेमालो निकै महत्वपूर्ण छ ।
नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोटले कोरोना विरुद्धको संघर्षलाई सफल बनाउने विश्वास लिएको छु ।
अन्त्यमा, सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७८ को अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
शंकर पोखरेल
मुख्यमन्त्री
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी