© २०२३
पाल्पाको तिनाउ गाउँपालिकाको झ्याङ्ला र घोडेबास गाउँका १४८ घरमा खानेपानीको धारा जडान भएको छ । नेपाल रेडक्रस सोसाइटी, पाल्पा, तिनाउ गाउँपालिका सहयोग र स्थानीय जनताको श्रमदानमा खानेपानीका धारा जडान भएका हुन् ।
गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठका अनुसार झ्याङला गाउँमा ९८ घर र घोडेबासमा ५० घरमा खानेपानीका धारा जडान गरिएको हो ।
ति दुइ गाउँका खानेपानी योजनाको एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा र गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले शुक्रबार उद्घाटन गरेका छन् ।
झ्याङ्ला खानेपानी योजनाका लागि नेपाल रेडक्रस सोसाइटीबाट १९ लाख ४५ हजार, तिनाउ गाउँपालिकाबाट ४ लाख ३५ हजार र स्थानीयको ९ लाख बराबरको श्रमदान गरी करिब ३३ लाख लागतमा खानेपानी योजना सम्पन्न गरिएको हो । त्यसैगरी घोडेबास खानेपानी योजनाका लागि रेडक्रसबाट ६ लाख, गाउँपालिकाबाट ५ लाख र स्थानीय श्रमदान ७ लाख गरी करिब १८ लाख खर्च गरिएको थियो ।
तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले घोडेबास गाउँका बासिन्दाले खानेपानी योजना अघि बाउन्ने खोलाको पानी खाँदै आएको र गाउँलेको १५ बर्षदेखि पानी खाने सपना पूरा भएको बताए ।
खानेपानी योजना उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्मा, गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, प्रवक्ता राजेश कुमार श्रेष्ठ, रेडक्रसका केन्द्रिय उपनिर्देशक अम्मर पौडेल, धना उचाई, चक्रब्यू थापा, रुदै जिसी, रविन्द्र पौडेल लगायतले खानेपानीको महत्व र खानेपानी योजनाको बिषयमा बोलेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी