© २०२३
संघीय सरकारका सातजना मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको कदम चालेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका सातजना मन्त्रीले आइतबार सामूहिक राजिनामाको घोषणा गरेका हुन्।
सातैजनाले पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा गरेका हुन्।
राजिनामा दिनेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर छन्।