© २०२३
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाको वडा नं ३ र ४का ६७ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँ ब्लक मानिँदै आएको छ ।
जग्गा धनी पुर्जा पाएपछि सियारी ३ भैसाखदारकी अनुपा चौधरीले खुसी ब्यक्त गरिन । उनले भनिन्, “पुस्तौँदेखि बसेको ठाउँको पुर्जा पाएँ, खुसिलागेको छ ।”
गाउँ ब्लक भित्र पर्ने जग्गामा वर्षौ देखि खनजोत र भोगचलन गर्दै आए पनि लालपुर्जा पाउन नसकेका स्थानीयवासीलाई लालपुर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले जानकारी दिए ।
“घरबास नभएका, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई लगत संकलन गरेर पुर्जा वितरण गर्छौं, जग्गाको मालिक वनाउँछौं, यस कार्यमा स्थानीय, प्रदेश र संघिय सरकार लागि परेका छौं ”उनले भने ।
विभिन्न वडाका गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरुङले बताइन ।
घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले जानकारी दिए ।
सियारी गाउँपालिकामा करिव दुईहजार परिवारलाई पुर्जा वितरण गर्न बाकीं रहेको र जिल्लामा एक हजार ३ सय ८३ ब्लकको पुर्जा वितरण गर्न बाकी रहेको जिल्ला नापी कार्यलय रुपन्देहीका प्रमुख अजित कुंवरले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी