© २०२३
लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् ।
बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थाई संरचनामै कार्यालयहरु लैजादा राज्यलाइ करोडौ रुपया आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको सुझाव थियो ।
रिपोर्टर्स् क्लव लुम्बिनी प्रदेश बुटवलारा आयोजित साक्षात्कार कायक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामाकरणपछि सरकार दायीत्व पूरा नभएको भन्दै नयाँ ठाउमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए ।
प्रदेशसभाको हिंउदे अधिवेशन दाङमा गर्ने हल्ला सुनिएको हुँदा यहि हालतले देउखुरीमा बैठक बस्न नसक्ने उनको भनाई थियो । अस्थायीबाट फेरि अस्थायी कसरी जाने भौतिक संरचनाको निमार्ण सकेर लैजानुपर्छ उनले भने । उनले नेकपा विवाद कुनै सैद्धान्तिक र बैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रीत भएको टिप्पणी गरे ।
नेपाल कनिष्ठ पार्टी (नेकपा) लुम्बिनी प्रदेश प्रमुख सचेतक भुमेश्वर ढकालले राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताए । उनले दीर्घकालिन संरचना निमार्ण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताए । उनले प्रदेश सरकार दीर्घकालिन योजना साथ अगाडी बढेको भन्दै प्रतिपक्षले लगाउने गरेको भष्ट्रचारको आरोपको खण्डन गरे ।
उनले भने—‘सरकारले भ्रष्ट्राचार ,अनियमितता गरेको भए प्रमाणित गर्न चुनौति दिए । यदि त्यसो भए प्रदेशको लेखा समिति के हेरेर बसेको छ ? उनको प्रश्न थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी