© २०२३
बिबिसीले हरेक वर्ष खोजी गर्ने संसारभरका १०० महिलाको सूचीमा नेपालकी सपना रोकामगर मनोनयनमा परेकी छिन्।
घरवारबिहीन भएर सडकमा वेवारिसे भएकाहरू तथा वेवारिसे शव व्यवस्थापन अभियानमा जोडिएकी उनी म्याग्दीकी हुन्।
अघिल्लो वर्ष (२०१९) नेपालका तर्फबाट बोनिता शर्मा यो सूचीमा थिइन्।
गत वैशाखदेखि यो अभियानमा लागेकी उनले थुप्रै वेवारिसे शवहरूको व्यवस्थापन गरिसकेकी छिन्।
उनी आफैं शव बाँध्नेदेखि जलाउने काम गर्छिन्।
छ वर्षदेखि यस्ता वेवारिसे शव व्यवस्थापनमा लागिपरेका ललितपुरका विनयजंग बस्नेतको अभियानबाट प्रभावित भएर उनी त्यसैमा जोडिनका लागि म्याग्दीबाट काठमाडौं आइपुगेकी हुन्।
उनका बुवाआमाले कृषि पेसा अंगालेका छन्। घरपरिवारबाट पनि सहयोग पुगेको उनले बताइन्। १२ को परीक्षा दिएर बसेकी उनले अहिलेसम्म धेरै शव एक्लै व्यवस्थापन गरेको सुनाइन्। बस्नेतसँगै मिलेर उनले देशभरि सडकमा वेवारिसे भएकाहरूलाई व्यवस्थापन तथा पुनस्स्थापना पनि गर्दै आएकी छिन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी