© २०२३
कोरोना परीक्षणका लागि व्यवस्था गरिएको निःशुल्क सिफारीस पर्चाको दुरुपयोग गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्टको नक्कल गरेर अरु बिरामीसँग शुल्क लिँदै बेचेको आरोपमा भेरी अस्पताल नेपालगन्जका कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुबास खड्काका अनुसार अस्पतालमा कार्यरत दुई सुरक्षा गार्ड र एक हेल्परले चिकित्सकको हस्ताक्षर किर्ते गरी नक्कली सिफारीस पत्र बनाएर अन्य बिरामीलाई बेच्ने गरेका थिए। पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।
यद्यपी प्रारम्भिक अनुसन्धानमा ति व्यक्तिहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजेटिभसमेत बनाउँदै आएका प्रहरीले जनाएको छ।