© २०२३
देवदह नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
नगरपालिकाका १२ जना जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिपछि नगरपालिकाले आईतबार सूचना प्रकाशित गरि कार्तिक २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको हो ।
सात जना जनप्रतिनिधी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा पछिल्लोपटक ५ जना थपिएको नगरपालिकाको भनाई छ ।
धेरैजसो कर्मचारीहरु कन्ट्याक ट्ेसिङमा परेका कारण सेवा प्रवाह गर्न कठिन भएपछि त्यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए ।