© २०२३
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. २, ग्वादी, तिलहरे गाउँका एक बालक बुटवलबाट बेपत्ता भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. ८ दिपनगर चमचमचोकमा परिवारसंग बस्दै आएका १० बर्षिय निश्चल तिवारी शुक्रबारदेखि बेपत्ता भएका हुन् ।
उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ का बिद्यार्थी हुन् । शुक्रबार दिउँसो साथीहरुसंग खेल्न भनेर सिद्धेश्वर माविको खेल मैदानमा गएको उनि घर नफर्केको बालकका बाबु कृष्ण तिवारीले बताए ।
घरबाट खेल्न भनेर साथीहरूसंग गएको हो, हिजो नफर्केपछि रातभर खोज्दा फेला नपरेको उनले बताए । परिवारका अनुसार दिउँसो ३ बजेतिर घरबाट खेल्न निस्किएका उनिहरु ५ बजे नफर्किएपछि परिवारले खोजी गरेको थियो ।
उनिसँगै खेल्न गएका साथीहरुले एक व्यक्तिको साइकलमा चढेर हिडेको कुरा परिवारलाई बताएको बताइएको छ ।
बालक बेपत्ता भएपछि परिवारजनमा दशैँको मुखमा चिन्ता थपिएको छ । बुटवल प्रहरीले बालकको खोजी कार्य जारि राखेको जनाएको छ ।
बालकको खोजी गरिदिन परिवारजनले सबैमा अपील गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी