© २०२३
लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचार निशुल्क गर्ने जनाएको छ। कार्तिक २ गतेदेखि सरकारले सबैको उपचार र परीक्षण नगर्ने निर्णय गरेको भएपनि प्रदेश सरकारले भने निःशुल्क उपचार गर्ने जनाएको हो।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलका अनुसार प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार भइरहको जनाएका छन्।
सामाजिक सन्जालमा मुख्यमन्त्री पोख्रेलले लेखेका छन् ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निस्शुल्क उपचारको व्यवस्था यथावत रहेको छ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार सम्बन्धित व्यक्तिले आफैं व्यहोर्नुपर्ने निर्णय भएको बताएका थिए।
लुम्बिनी प्रदेशको रुपन्देही बुटवलस्थित कोरोना विशेष अस्पताल, भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल र दाङको आयुर्वेद अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाइएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी