© २०२३
बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत थप एक जना महिलाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
डाइबिटिज रोग रहेकी ती महिलाको उपचारकाक्रममा मंगलबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले जानकारी दिए ।
हिजो कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ सोमबार नै आईसीयू राखेर उपचार गरीएको थियो ।