© २०२३
ईलाका प्रहरी कार्यालय, बुटवलले एकैदिन दुई ठाउँमा छापामारी १२ जुवाडे पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद करीब एकलाख बढी नगद केही बुक तास समेत फेलापारेको प्रहरीले जनाएको छ ।
बुटवल उपमहानगरपालिका ७ सुखानगरबाट शुक्रबार दिउँसो तास खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । दिउँसो घरमा तास खेलिरहेको अवस्थामा उनीहरू रंगे हात पक्राउ परेका हुन् ।
तास खेलिरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले करिब ६५ हजार नगद र तास सहित ५ जनालाई प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बुटबलले जनाएको छ ।
त्यसैगरी प्रहरीले बुटवलको मैनाबगरमा रहेको लुम्बिनी स्टाफ होटलबाट तास खेलिरहेका ७ जना जुवाडेलाई नगद ४५ हजार सहित पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
बुटवलमा पछिल्लो समय पेशेवर रूपमा जुवातास खेलाउने खेल्ने गरेको सुचना पाएंको बुटवल प्रहरीले यसलाई नियन्त्रण गर्न बुटवलमा सादा पोशाकमा प्रहरी परिचालन गरेर निगरानी गदै आएको थियो ।
पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी