© २०२३
जिल्ला प्रहरी कार्यालय गुल्मीले अवैध रुपमा चोरीसिकारी गर्ने क्रममा प्रयोग गरिएका दुई थान मोटरसाईकल सहित बिष्फोटक पदार्थ सहितका सामग्री बरामद गरेको छ । प्रहरीले सनिवार राती रेसुंगा नगरपालिका ३ अन्र्तगत रेसुंगा संरक्षित वन क्षेत्रमा लु ३६ प ४८५६ र लु १६ प १९१७ नम्बरका मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले बताए ।
रेसुंगा संरक्षीत बन क्षेत्रमा लुकीछिपि वन्यजन्तु र पशुपंछीको चोरी सिकारी गर्नका लागि केही व्यक्ति हातहतियार तथा बिष्फोटक पदार्थ सहित जंगलमा गएको भन्ने सुचना पाएपछि जिल्ला प्रहरी कार्यालयवाट प्रहरी नायव निरिक्षक भेष बहादुर घर्तिमगरको नेतृत्वमा गएको टोलीले उक्त मोटरसाईकल सहित विष्फोटक पदार्थहरु बरामद गरेको हो । प्रहरी आएको जानकारी पाएपछि जंगलमा शिकार खेलीरहेका व्यक्तिहरु भने तत्कालै हतियार सहित फरार वनेको बताईएको छ ।
प्रहरीले घटना स्थलवाट दुई थान मोटरसाईकल सहित लेगार्डमा झुण्डाई राखेको अबस्थामा कालो र खरानी रङको २ वटा झोला, बारुद, छर्रा, केप, ब्याट्री, रेती, पेचकस, कैची, धागो लगायतका २१ थान फरक फरक प्रकृतिका सामग्रिहरु समेत बरामद गरेको छ । प्रहरीले आश्यक कार्वाहीका लागि मुचुल्का सहित बरामद गरिएका सम्पुर्ण सामग्रिहरु डिभिजन वन कार्यालयमा पठाउने तयारी भैरहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताएका छन् ।
उक्त घटनामा संलग्नहरुलाई हातहतियार तथा खरखजना र वन्यजन्तु चोरी सिकारी ऐन अन्र्तगत कार्वाही हुने बताईएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी