ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

लुम्बिनी प्रदेश राजधानीको केन्द्र भालुवाङ नै गायब

२२ आश्विन २०७७, बिहीबार
२२ आश्विन २०७७, बिहीबार

लुम्बिनी प्रदेशको राजधानीको केन्द्रको बिषयमा चलखेल भएको देखिएको छ । प्रदेश सभामा माननीयहरुले बोलेको भन्दा लिखित रुपमा फरक प्रस्ताव र निर्णय गरेर चलखेल गरिएको प्रदेश सभाका सदस्यहरु नै बताउँछन् । यसले राजधानी सार्नका लागि सहयोग त पुर्याउला थप विवाद पनि ल्याउने देखिन्छ ।

प्रदेश सभाले गत मंगलबार लुम्विनी प्रदेशको राजधानी दाङको भालुवाङको पक्षमा ६९ र विपक्षमा १३ मत सहित राजधानीको केन्द्र तोकेको थियो ।

प्रदेश सभाको बैठकमा दाङको भालुवाङलाई केन्द्रमा राखेर दाङको राप्ती गाउँपालिका पुरै र गढवा गाउँपालिकाको वडा नं. १, २ र ३ अर्घाखाँचीको सितगंगा नगरपालिकाको वडा नं. ८ र ९ भनिएपनि लिखित प्रस्ताव र निर्णयमा भने ति क्षेत्रलाई फराकिलो पारिएको छ । भालुवाङ शब्द न त प्रस्तावमा नै छ न त निर्णयमा नै । यसले सबैमा शंका उत्पन्न गरेको हो । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा दिएको मन्तव्यमा समेत भालुवाङलाई केन्द्रमा राख्ने र शितगंगा, राप्ती र गढवाका वडाहरुलाई केन्द्रित गरि राजधानीको प्रस्ताव गरिएको बताएका थिए ।

तर सदनमा प्रस्ताव पारित भएपछि सभामुख पूर्णबहादुर घर्तीले सुनाएका थिए ’दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी कायम गरियोस् भन्ने पक्षमा दुई तिहाई मत परेकाले यो सभाबाट सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु’ भनेका थिए ।

तर राजपत्रमा प्रकाशित हुँदा यो लामो विवरण भने हटाएर राप्ती उपत्यका (देउखुरी) मात्रै स्थायी राजधानी भनेर उल्लेख भएको छ । सदनमा राजधानीबारे प्रस्ताव पेश गर्दादेखि नै दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको मैदानी भाग भनिएको थियो ।

प्रदेश सभा सचिवालयले भने प्रदेश सभामा लिखित रुपमा आएको प्रस्ताव र भएको निर्णय अनुसार नै राजपत्र प्रकाशित भएको जनाएको छ । लिखित कागजात अनुसार राजपत्र निकाल्नुपर्ने हुनाले त्यसो गरिएको सचिवालयको भनाइ छ । ‘राप्ती उपत्यका देउखुरी’ भनेको दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिका बुझिने उसको भनाइ छ ।

मुखमा मात्रै भालुवाङ
राजधानीका लागि तोकिएका पालिकाकाको वडा उल्लेख नहुँदा र राजपत्रमा देउखुरी शब्द मात्रै रहदा आशंका पैदाभएको हो । स्रोतका अनुसार प्रदेश सभामा माननीयहरुबाट तीन पालिकाको वडाहरुको कुरा भएको र भालुवाङलाई केन्द्र विन्दुमा राख्ने समेत उल्लेख भएको तर प्रस्ताव र निर्णयमा ति कुराहरु नभएपछि बुधवार राजपत्र निकाल्नका लागि समेत ढिला भएको थियो । प्रदेश सभाका कर्मचारीहरुले राजपत्रमा के लेख्ने र के नलेख्ने ? भन्ने बिषयमा अलमल हुँदा ढिलाइ भएको हो ।

अन्ततः प्रस्ताव र निर्णयको कागजात अनुसार नै राजपत्र प्रकाशित गर्ने भाषा चयन गरिएको थियो ।

भालुवाङलाई केन्द्र विन्दुमा राख्ने भनिएपनि भालुवाङ शब्द कहि कतै नभेटिएपछि यसबाट चलखेल गर्न सजिलो हुने दलका एक नेता बताउँछन् । मियो फालिदिएपछि यताउता सार्न सकिन्छ ति नेताले भने मियो अर्थात केन्द्र विन्दु भाषामा लेखिनुपथ्यो । विवाद बढी भए सरकारले यस्तो हो भनेर भन्ला नत्रभने भाषाको जाल हालेर राजधानी केही परसम्म पुर्याइन सक्छ, ति नेताले थपे ।

राजधानीको बिषय टुङग्याउनका लागि मौखिक रुपमा अलमल पार्ने शब्द राखेर माननीयलाई कन्भिन्स गरिएको हुनसक्ने ति नेताले बताए ।

प्रदेश राजधानी तोकिएको स्थान प्रतिबन्धित क्षेत्र भएका कारण सरकार र प्रदेश सभाले चलाखीपूर्वक भाषा प्रयोग गरेको हुनसक्ने जानकारहरु बताउँछन् ।

विवाद फेरि हुन सक्छ
राजधानी बिषयको राजपत्रमा राजधानीको केन्द्र राप्ती उपत्यका देउखुरी मात्रै भनिएपछि अर्घाखाँची तर्सिएको छ । उसले आफ्नो शितगंगा नगरपालिकालाई गायब पारेको आरोप लगाएको छ ।

प्रदेश सभा सचिवालयले राप्ती उपत्यका देउखुरी भनेको अहिलेका लागि अर्घाखाँचीको शितगंगा नगरपालिका, दाङको राप्ती र गढवा गाउँपािलकाको पूरै क्षेत्र बुझिने बताएको छ ।

अर्कोतिर राप्ती उपत्यका भनेर लमहीसम्म बुझिन्छ भने देउखुरीको अर्थ घोराहीलाई पनि अथ्याइने गरिएको छ । यसले पनि थप आशंका थपिदिएको हो ।

यो अर्थलाई बुझेर दाङका दुई पालिकाको सीमा बाहिरसम्म क्षेत्र तान्न खोज्दा अर्घाखाँचीले पनि शितगंगाको पूरै क्षेत्र भनेर किचलो निकाल्न सक्छ ।

विवाद बढ्यो भने अर्घाखाँची एकातिर हुनेछ भने दाङ अर्कोतिर हुनेछ । किनभने केन्द्र तोक्दा दुइ जिल्लाका पालिकाहरुको नाम मात्रै लिइएको छ । रोल्पा पश्चिमलाई देउखुरी भन्दा दाङ उपत्यका (घोराही–तुलसीपुर) पायक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?