© २०२३
अर्घाखाँचीका जिल्लाका पूर्व जिल्ला पञ्चायत सभापति दुर्गा बहादुर शाहको निधन भएको छ । शाहको ८७ बर्षको उमेरमा मंगलबार राती निधन भएको हो । उनि पूर्व राष्ट्यि पञ्चायत सदस्य समेत थिए ।
उनको निधनले अर्घाखाँचीले एक कुशल अभिभावक गुमाएको डिर्भना अर्घाखाँची रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष मित्रहरि आचार्यले बताए । सरल र सहयोगी व्यक्तिका रुपमा परिचय बनाएका शाहबाट धेरै सिक्नुपर्ने कुराहरु भएको उनको भनाइ छ ।
शाह अर्घाखाँचीका साथै पश्चिम नेपालको विकासका लागि योगदान दिने व्यक्तिको रुपमा चिनिन्थे । अर्घाखाँची रुपन्देही सम्पर्क समाजका संस्थापक अध्यक्ष बनेर उनले रुपन्देहीमा आएका जिल्लावासीलाई जोड्ने पहल गरेका थिए ।
जिल्लाको सदमुकामलाई सन्धिखर्क बनाउनमा उनको योगदान रहेको जिल्लावासीहरु बताउँछन् । उनि जिल्ला पञ्चायतको सभापतिमा विजय भएपछि सन्धिखर्क नगरपालिका ११ डिभर्ना रहेको विद्यालयको नाम त्यतिवेला विजय मावि नामाकरण गरिएको थियो ।
अर्घाखाँचीको डिर्भनाका शाह केही बर्षदेखि बुटवल २ मा बस्दै आएका थिए । जनप्रिय, जनसेवक र जनताकै मनोभावनालाई प्रतिनिधित्व गर्ने नेताको रुपमा चिनेको पूर्व जिल्ला शिक्षा अधिकारी तथा अर्घाखाँची रुपन्देही सम्पर्क समाजका सल्लाहकार डबलबहादुर बिसीले बताए । जहिले पनि गरिब, दुखी र निमुखाको रुपमा लाग्नुहुन्थ्यो उनले भने, व्यक्तिगत रुपमा भन्दा पनि विकासमा ध्यान दिने अगुवा भएका कारण अर्घाखाँचीवासीले उहाँलाई साझा व्यक्तिको रुपमा हेर्थ्यो ।
शाहका प्रदीप शाह, पदम शाह र धु्रव बिक्रम शाह गरी तीन छोराहरु रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी