© २०२३
प्रदेश ५ को प्रदेश सभाले प्रदेशको राजधानी टुङगो लगाएको छ ।
मंगलबार भएको मतदानपछि दाङको राप्ती उपत्यका देउखुरीलाई राजधानी छानेको हो ।
दाङको राप्ती उपत्यकाको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको प्रदेश ५ का सभामुख पूर्णबहादुर घतीले जानकारी दिए । प्रदेश सभामा ८२ जना प्रदेश सदस्य उपस्थित थिए ।
दुई तिहाइका लागि ५८ मत आवश्यक रहेकोमा ११ मत बढी प्राप्त भएको थियो ।
प्रदेश ५ मा ८७ प्रदेश सभा रहेका छन् । त्यसमध्ये नेकपाका ६१, नेपाली काग्रेसका १० र अन्य ७ सांसद छन् ।
मतदान हुनु अद्धि आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्विनी र केन्द्र दाङको राप्ती उपत्यकालाई बनाउने प्रस्ताव प्रदेश सभामा निर्णयार्थ पस्तुत पेश गरेका थिए ।