© २०२३
देशसभाको दोस्रो बैठक सुरु भएको छ ।
बैठक सुरु हुने वित्तीकै कांग्रेस र जनता सामाजबादी पार्टीका सांसदले नाराबाजी र विरोध गरेका छन् ।
तर नाराबाजी विच सभामुखले बैठक अघि बढाएका छन् ।
सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजधानीको नाम र केन्द्रको बिषयमा छलफलको लागि प्रस्ताप पेश गरेका छन् ।
नाराबाजी चलिरहेको छ । त्यसबीचमा सभामुख पूर्णबहादुर घर्तीले सांसद भोजप्रसाद श्रेष्ठलाई ५ मिनेट दिएको थिए । उनले यो होहल्लामा कुरा राख्न नसकिने हुदा बातावरण बनाउन सभामुखलाई अनुरोध गरे । उनले राजधानीको नाम र केन्द्र तोक्नका लागि गरिएको बिशेष समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
कपिलवस्तुका सांसद विष्णु पन्थीले कपिलवस्तु राजधानीका लागि माग गरे । अहिलले पनि होहल्लाकाबीच सभा चलिरहेको छ ।