© २०२३
प्रदेश ५ सरकारको मन्त्री परिषद्मा सहभागी गराउने आश्वासन पाएपछि नेकपा संसदीय दलका प्रमुख सेचत भूमिश्वर ढकाल मुख्यमन्त्रीको एजेण्डामा अघि बढेको आरोप लागेको छ । उनि रुपन्देहीबाट प्रदेश सभा सदस्यमा चुनिएका प्रदेश सभा सदस्य समेत हुन् ।
केही महिना अघिसम्म रुपन्देही राजधानी हुनुपर्छ भन्ने गरेका ढकालले अहिले भने दाङ राजधानीका लागि उपयुक्त भएको बताउँदै आएका छन् ।
नेकपा प्रमुख सचेतक भुमिश्वर ढकाल भन्छन्, चुनावमा रुपन्देहीलाई राजधानी बनाउछौ भनेर जनतासामु भनेको पनि ठीक हो, अहिले रुपन्देहीबाट दाङ राजधानी लैजान गरेको प्रस्ताव पनि ठीक छ । त्यतिबेला भनिएकै हो उनले भने, अहिले सबैलाई हेर्दा दाङ नै उपयुक्त छ ।
प्रमुख सचेतक ढकालले यसरी कुरा फेर्नुमा दुइ वटा कारण हुनसक्ने नेकपाकै प्रदेश माननीयहरु बताउँछन् । उहाँलाई मुख्यमन्त्रीले केही आश्वासन दिनुभएको होला, त्यसैले उहाँ त्यसरी एकोहोरा रुपमा लाग्नुभयो । कस्तो आश्वासन नि ? भन्ने जिज्ञासमा ति माननीयले भने आफुसँग रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको लोभ हो कि ?
उनले अर्को तर्क मुख्यमन्त्रीले गाडी काण्डको कुरा उठाउने डरले पनि मुख्यमन्त्रीको पछि पछि लागेको हुनसक्ने तर्क गरे ।
तर नेकपाका प्रमुख सचेतक ढकालले आफुमाथि लागेको आरोप झुठो र कपोलकल्पित भएको दाबी गरे । आफु व्यक्ति केही नभएको र पाटीबाट आएको कुरा पालना गर्दा बाहिरबाट त्यस्तो देखिएको बताए । पाटीबाट त्यसरी निर्देशन आयो ढकालले भने, निर्देशन पालना गर्नु मेरो कतव्र्य हो । उनले व्यक्तिगत रुपमा आफ्नो कुनै स्वार्थ नभएको समेत दोहोर्याए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी