© २०२३
रुपन्देहीका व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा सामाजिक संस्थाका अगुवाहरुले पाटीको ह्वीप छाडेर आन्दोलन सहभागी हुन नेकपाका सांसदलाई आग्रह गरेका छन् ।
उनिहरुले सांसदहरुलाई जनताको मत अनुसार निर्णय लिन अनुरोध गरे । उनिहरुको नेकपाका सांसदहरुलाई प्रश्न थियो, पाटीको गलत निर्णय प्यारो कि जनता ?
प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावपछि शनिवार बसेको नेकपा संसदीय दलको बैठकले सरकारले अघि सारेका प्रस्तावमा मतदान गर्ने निर्णय भएको समाचार बाहिर आएपछि उनिहरुले यस्तो प्रश्न गरेका हुन् । उनिहरुले नोट अफ टिसेन्ट लेख्ने मात्र होइन पाटीको गलत निर्णयका बिरुद्द जनतासँगै सडकमा उत्रिन आग्रह गरे ।
पश्चिम नेपाल वस व्यवशायी प्रालिका अध्यक्ष दधि खरेलले जनमत कुल्चेर अर्को चुनाव हार्ने कि, जनमतको कदर गर्ने ? उनिहरुको प्रश्न गरे । उनले जनताको साथ भए चुनाव जितिने तर्क गर्दै लुम्विनीका सांसदलाई ह्वीप नमान्न आग्रह गर्दै उनले भने, त्यसरी सडकमा आएमा अर्को चुनाव जिताउने जिम्मा हाम्रो भयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले प्रक्रिया मिचेर संशोधनको प्रस्ताव अगाडी बढाएको हुँदा आफुहरु सडकमा आउनुपरेको बताए । प्रदेश राजधानी स्थापनामा आफुहरुले गरेको योगदान बिर्सिएको आरोप लगाउँदै उनले मुख्यमन्त्रीलाई तत्काल सामाजिक संघ संस्थाको भवन खाली गर्न आग्रह गरे । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले आजको आन्दोलन सुरुवाद मात्रै भएको बताउँदै संसोधन फिर्ता नलिए अनिश्चितकालिन लुम्विनी बन्द गर्ने चेतावनी दिए । उनले नेकपाका प्रदेश सांसदलाई नेतृत्वसँग लम्पसार नबन्न आग्रह गरे ।
प्रदेश सभामा दाड देउखुरी राजधानी बनाउने प्रस्तावको विरोधमा बुटवल सहित रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको छ । स्थानीय प्रशासन लगाएको निषेधाआज्ञा तोड्दै यहाँका स्थानीयहरुले प्रर्दशन शुरु भएका हुन् ।
नेपाली कागे्रस र रुपन्देहीका सामाजिक संघ संस्थाको सञ्जालले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि बुटवलका विभिन्न ठाउँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलको राजमार्ग चौराहादेखि ट्राफ्रिकचोकसम्म र्याली निकालेको थियो । बिरोध कार्यक्रममा एक दर्जन सामाजिक संस्थाका अगुवाहरुले सम्बोधन गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती एक सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि बुटवलका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी