© २०२३
प्रदेश ५ को राजधानी सार्ने प्रस्तावमा नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले साथ दिएको आरोप लागेको छ । उक्त विषयमा नेकपा रुपन्देही धारणा सार्वजनिक नगरी चुपचाप बसेपछि उनलाई उक्त आरोप लागेको हो ।
नेकपाका जिल्लातहका एक नेताले सुवेदीले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएको बताए । उहाँ मुख्यमन्त्रीकै साथमा हुनुहुन्छ ति नेताले बुटवल टुडेलाई भने, रुपन्देहीका पालिकाहरुको तर्फबाट प्रेस विज्ञप्ती निकाले जिम्मेवारी पूरा भएको देखाउन खोज्नुभएको छ ।
शनिवार मात्रै रुपन्देहीका स्थानीय तहहरुले राजधानी सार्ने बिषयमा बिरोध जनाउँदै विज्ञप्ती जारी गरेका थिए । उक्त विज्ञप्तीमा उनले बुटवल उपमहानगरपालिकाको हैसियतले हस्ताक्षर गरेका छन् ।
नेकपाका रुपन्देही अध्यक्ष सुवेदीले भने आफु राजधानी सार्ने बिषयमा जनताको पक्षमा भएको दाबी गरे । जनप्रतिनिधीका हिसाबले मैले धारणा सार्वजनिक गरिसकेको छु सुवेदीले बुटवल टुडेसँग भने, मलाई कसैले आरोप लगाएका छैनन् तपाईले भनेर सुने ।
जनप्रतिनिधीको रुपमा त धारणा राखेको भन्नुभयो, तपाई नेकपा रुपन्देहीको अध्यक्ष पनि हुँदा नेकपा रुपन्देहीको धारण के हो त ? भन्ने अर्को जिज्ञासामा उनले पाटी धारणा भने अझै यही नै भन्ने नभएको बताए । मैले साथीहरुसँग छलफल गरिसकेको छैन् उनले भने ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी