© २०२३
नेपाली काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकार जनतासँग डराएको बताएका छन् । राजधानीको बिषयमा उठेको विवादपछि सरकार डराएको र त्यसका लागि सरकारले बुटवलका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको उनको आरोप छ ।
लोकतन्त्रमा जनताको धर्ना जुलुस, सभा गर्न पाइने अधिकारलाई वर्तमान सरकारले कुल्चिन खोजेको उनले बताए । सरकारले निषेधाज्ञा जारी गरेपनि जनता सडकमा उत्रिएर त्यसको सामना गर्ने उनले बताए । निषेधाज्ञाले हाम्रो आन्दोलनको कार्यक्रम रोकिन्न रज्जाकले भने, म सबैलाई सडकमा उत्रिन आग्रह गर्दछु ।
यसैबीच स्थानीय प्रशासनले बुटवलको विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रदेश सरकारबाट राजधानी तोक्ने बिषयमा भएको प्रस्तावको बिषयमा लिएर बुटवलमा घटनाहरु भएको हुँदा निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ ।
प्रशासनले शनिबार सूचना निकाली असोज १८ गते बिहान ६ बजेदेखि २१ गते बेलुकी ६ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
प्रदेश सभा रहेको क्षेत्रः
दक्षिणमा ईट्टा भट्टा,
उत्तरमा कालिका मन्दिर चोक,
पश्चिममा तिनाउ खोला
र पूर्वमा कालिका मन्दिरदेखि इट्टाभट्टा चोक
विभिन्न प्रदेश मन्त्रालयहरु रहेको क्षेत्र
दक्षिणमा सुन्दर चोक
उत्तरमा भुट्कीचोक
पश्चिममा सिद्दार्थ राजमार्ग
पूर्वमा भाटभटेनी चोक
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
दक्षिणमा जेसिज चोक
उत्तरमा विद्युत चोक
पूर्वमा सिद्धार्थ राजमार्ग
पश्चिममा हाटबजार लाइन
ति स्थानमा ५ जना भन्दा बढी जम्मा हुन पाइने छैन ।
प्रदेश सभामा प्रदेश ५ को राजधानी दाङ सार्ने बिषयमा र नाम लुम्बिनी राख्ने बिषयमा प्रस्ताव पेश भएपछि यस क्षेत्रमा बिरोधका कार्यक्रम शुरु भएका छन् । आइतबार नेपाली काग्रेसले त्यसको बिरोधमा रुपन्देही बन्दको आब्हान गरिसकेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी