© २०२३
बुटवल,३० जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल बायु सेवा निगममा नया जहाज थप्न नदिन षड्यन्त्र भइरहेकोे बताएका छन् । नेपाल बायु सेवा निगमको बिमान मलेसिया भैरहवा अवतरण पछि बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किंरातीले कसैको नाम नलिई नयाँ जहाज थप्न नदिने षड्यन्त्र भएको बताएका हुन । मन्त्री किँरातीले निजि बिमान कम्पनीको स्वार्थमा जहाज थप्न नदिने षड्यन्त्र भएको इङगित गरे । जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ ( मन्त्री किराँतीले भने – किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐन अनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ । निजि कम्पनीको भाडादर ज्यादै महंगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्नेमा मन्त्री किंरातीले जोड दिए । उनले साना ठुला गरी कम्तीमा ५० वटा बिमान निगमको हुनुपर्ने बताए ।
भारतसँग हवाई रुट प्राप्तिका लागि सरकार मरिमेटेर लागेकाले छिटै बिमानस्थलबाट नियमित उडान हुने आश्वासन मन्त्री किँरातीले दिए । मन्त्री किंरातीले बिमानस्थल नियमित र पुर्ण क्षमतामा संचालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन कर्मचारीलाई निर्देशन दिए । भएका बिमानहरुलाई घाममा सुकाएर राख्ने छुट छैन, बजारीकरण र प्रचारको गति बढाएर अन्तर्राष्ट्रिय जगतमा बिश्वास दिलाउनुपर्नेमा उनले जोड दिए । बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड,कम्बोडिया , श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको मन्त्री किरातीले बताए ।
सो अवसरमा रुपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको मन्तब्य बाचन गर्दै राप्रपा केन्द्रिय सदस्य स्वाती थापाले बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नहुंदा निजि क्षेत्रले पर्यटन कृषि र अन्य ब्यबसायमा करिब ८० अर्ब लगानी गरेपनि ब्यबसाय संकटमा परेको हुँदा सरकार गम्भीर हुनुपर्ने बताइन् ।
कार्यक्रममा गौतम बुद्ध बिमान स्थल निर्माण र बिमानस्थलबाट नेपाल बायु सेवा निगमको जहाज संचालनमा योगदान पुराएको भन्दै पुर्ब नागरिक उड्डयन मन्त्री दीपक बोहरालाई मन्त्री किँरातीले दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए ।