© २०२३
बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संयुक्त संस्था (सञ्जाल) को गम्भिर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
विरोधको कार्यक्रम अनुसार प्रधानमन्त्री र मुख्य मन्त्रीलाई ज्ञापन पत्र दिनेदेखि लुम्बिनी बन्दसम्म गर्ने कार्यक्रम राखेको छ । सञ्जालका अनुसार असोज १८ गते विहान ८ बजे देखि बुटवलको चौराहाबाट विरोध र्याली आयोजना सहित ट्राफिक चौकमा कोण सभा गर्ने, १९ गते विहान ९ बजे देखि साविक लुम्बिनी अञ्चल बन्दको घोषणा गर्ने समेत सञ्जालले निर्णय गरेको छ ।
हालसम्म राजधानीको सन्दर्भमा भएगरेका तयारी, भौतिक पूर्वाधारमा राज्य कोषबाट गरिएको व्ययभार, व्यबसायिक संघसंस्थाबाट भएको योगदान र बहुसंख्यक जनताको भावना बिपरित हठात् राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेश गरिएको बिषयले निजी क्षेत्र मात्रै नभएर प्रदेशका बहुसंख्यक जनतालाई दुःखी बनाएको सञ्जालको विज्ञप्तीमा उल्लेख छ ।
राजधानी सार्ने प्रस्ताव पुनर्विचार गर्न र जनभावनाको समेत कदर गर्न हामी सरकारसंग जोडदार माग गर्दछौं’–विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सञ्जाल रुपन्देहीले खिम बहादुर हमाल, संयोजक र यमलाल लोहनी, सह संयोजक रहेको संघर्ष समिति समेत गठन गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी