© २०२३
रुपन्देहीका स्थानीय तहहरुले बहुसंख्यक जनतालाई र क्षेत्रलाई पायक पर्ने क्षेत्रमा प्रदेश ५ को राजधानी तोक्न माग गरेका छन् । शनिबार बैठक बसी स्थानीय तहका प्रमुखहरुले विज्ञप्ती निकाली उक्त माग राखेको हुन् ।
उनिहरुले पूर्वमा दाउन्ने र पश्चिममा धानखोलासम्मको बीचको तीन जिल्ला र छिमेककका पहाडी जिल्लाको समेत बृहत्तर रुपन्देहीमा अपनत्व भएको उल्लेख गर्दै उक्त क्षेत्रमा राजधानी तोक्न भनेका छन् ।
विज्ञप्तीमा भनिएको छ, अस्थायी मुकामका रुपमा रहेको रुपन्देही विश्व शान्तिको मुहान अर्थात् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसंग जोडिएको उपयुक्त क्षेत्र हो ।
मागमा प्रदेश ५ को स्थायी मुकामका सम्बन्धमा प्रदेश ५ सरकारले गरेको निर्णय, प्रदेश सभामा पेश भएको नयाँ प्रस्तावका सम्बन्धमा हामी रुपन्देहीका सबै स्थानीय सरकारको ध्यानाकर्षण भएको जनाइएको छ ।
प्रदेशको केन्द्र तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भुगोलको सुगमतालाई ध्यान दिनुपर्ने विषयसमेत संविधानमै व्यवस्था गरिएको उल्लेख गर्दै विज्ञप्तीमा प्रदेशको स्थायी मुकाम रुपन्देहीलाई नै बनाउन सकिने प्रयाप्त आधार, अवस्था, पूर्वाधार र सम्भावना हुँदाहुँदै यहाँबाट अन्यत्र सार्न खोज्नु तथा सार्ने निर्णय गर्नु उचित नरहेको हाम्रो ठहर छ भनिएको छ ।
रुपन्देही क्षेत्र उपयुक्त पूर्वाधार विकास, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय सीमाना, प्रशासनिक पहुँच, सुगमता, औद्योगिक तथा व्यापारिक केन्द्र र मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ ।
जनसंख्याको अनुपातका हिसाबले पनि रुपन्देही नै प्रदेश मुकामका लागि उपयुक्त स्थल हो । अस्थायी मुकाम स्थापना गर्न स्थानीय तह, व्यवसायीक, सामाजिक संघसंस्था, सामुदायिक संघहरुले गरेको योगदानको उच्च कदर गर्नु प्रदेशको कर्तव्य हो । प्रदेश माननीयहरुले आफ्नो अभिमत जाहेर गर्दासमेत यो विषयमा पक्कै हेक्का राख्नुहुनेछ ।
अहिलेसम्मको पूर्वाधार निर्माणमा भएको प्रदेशको कोषको समेत विचार गरियोस् । तसर्थ प्रदेशको स्थायी मुकामका सम्बन्धमा गरिएको यो निर्णयलाई हामी स्थानीय सरकारका जनप्रतिनिधिको साझा माग रहेको यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं विज्ञप्तीमा उल्लेख छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी